कक्षा १२ को परीक्षा आजदेखि सुरु 

काठमाण्डौ/आजबाट कक्षा १२ को बार्षिक परीक्षा सुरु हुँदैछ । कोरोना भाइरस संक्रमण फैलिएसँगै रोकिएको परीक्षा आजबाट सुरु हुन लागेको हो ।

आजबाट सुरु भएको परीक्षा असोज ८ गतेसम्म चल्ने परीक्षा नियन्त्रण कार्यालयले बताएको छ ।  परीक्षाका लागि आवश्यक तयारी पूरा भइसकेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

सबै विद्यार्थीहरुलाई कोरोनाबिद्धको खोप दिइसकिएकाले अब परीक्षाका लागि अनुकुल वातावरण बनेको विज्ञहरुले पनि बताएका छन् ।

यसअघि साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय बोर्डले गरेको थियो । तर कोरोना महामारी बढेसँगै परीक्षा रोकिएको थियो ।यस पटक तीन लाख ७४ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुने जनाइएको छ ।

परीक्षामा विद्यार्थीलाई होम सेन्टर (विद्यार्थीले अध्ययन गरेकै विद्यालयमा परीक्षा दिने)को व्यवस्था मिलाइएको छ ।