मनकामना केबुलकार आजबाट सञ्चालन आउने

गोरखा / मनकामना केबुलकार आज आइतबारबाट सञ्चालनमा आउने भएको छ । कोरोना सक्रमण बढेसँगै गत वैशाख १६ गतेबाट बन्द भएको मनकामना केबुलकार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर आज आइतबारबाट सञ्चालन गर्न लागिएको मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

चितवनको इच्छाकामना गाउँपालिकाको चेरेसमा स्टेसन रहेको यस केबुलकार चढेर यात्रु एवं भक्तजन गोरखाको शहिदलखन गाउँपालिकामा रहेको पवित्र धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न जाने गर्दछन् ।