चीन लाई घेर्न एमसीसी, नेपाललाई ठुलो नोक्सानी हुने: चीनिया नेता ली

नेपालमा कोहि कम्युनिस्ट छैनन्, सबै ‘CIA’ र ‘रअ’ का कर्मचारी मात्र।

काठमाडौ/चीनिया कम्युनिस्ट पार्टीको एक विशेष सम्मेलनमा बोल्दै चीनिया नेसनल पिपुल्स कङ्ग्रेसका अध्यक्ष ‘ली जाङ्सु’ ले नेपालको राजनैतिक अवस्थाको बारेमा चिन्ता व्यक्त गर्दै नेपाली राजनीतिमा पश्चिमा शक्तिहरु हाबि भइरहेको बताएका छन।
उनले अमेरिकाले चीनलाई घेराहाल्न नेपालमा MCC परियोजना ल्याएको भन्दै अमेरिकाले कसैलाई पनि निस्वार्थ सहयोग नगरेको बताएका छन। उनले एमसीसी परियोजना बाट नेपालको बहुमुल्य खनिज,जडिबुटी,पानी लगाएतमा आँखा लगाउनुका साथै नेपालमा बसेर चीनको विरुद्ध काम गर्ने योजना बनाएको पनि बताएका छन। ली ले यस्ता कार्यले चीनलाई केही असर नगर्ने तर नेपालले ठुलो हानी नोक्सानी ब्योहोर्नु पर्ने बताए

नेपालमा कोहि कम्युनिस्ट छैनन्,
सबै ‘CIA’ र ‘रअ’ का कर्मचारी मात्र।

नेपालमा दुईतिहाईको कम्युनिस्ट सरकार हुदाहुदै पनि कथित नेपाली कम्युनिस्टहरुले देश र जनताका लागि नभै बिदेशी शक्तिहरुको लागि काम गरिरहेको आरोप लगाउनु भएको छ ।

कम्युनिस्ट पार्टीको उदेश्य भनेको देश र जनताको हितको लागि लड्नु र देश लाई बिदेशी हस्तक्षेप बाट जोगाउनु हो । तर नेपालमा सबै उल्टो भइरहेको ली ले बताउनु भयो। नेपाली कम्युनिस्ट नेताहरूले देश र जनताको लागि नभई बिदेशी शक्तिहरु को लागि कामगरिरहेको आरोप लगाउनु भयो।

जनताले बिश्वास गरि पहिलो पार्टी बनाएका नेपाल कम्युनिस्ट पार्टि आफ्नै इच्छा ले नभई पश्चिमा शक्तिको इच्छा अनुसार फुटेर ३ टुक्रा भएको पनि बताउनु भयो ।

अमेरिका तथा पश्चिमा शक्तिहरु कम्युनिस्ट बिचारधाराको बिरुद्ध जोडतोडले लागिपरेको भन्दै नेपालमा पनि कम्युनिस्ट पार्टीलाई टुक्रा टुक्रा पार्न खर्बौ डलर लगानी गरिरहेको पनि बताउनु भयो।

सत्ता जोगाउन चीनसंग विवाद

नेता ‘ली’ ले अहिलेको सरकारले आफ्नो सत्ता जोगाउनका लागि बिदेशी शक्तिहरुलाई खुशी पार्ने काम गरिरहेको बताउदै भारत र अमेरिका लाई खुशी पार्न चीनसंग हुदै नभएको सिमा विवाद निकालेको आरोप लगाए। कार्यक्रममा बोल्दै नेता ली ले नाकाबन्दीलाई नाकाबन्दी भन्न नसक्ने , तुइन काटेकोमा तुइन काटेको भन्न नसक्ने अनि चीनसंग हुदै नभएको सिमा विवाद निकाल्ने भनेर उनले प्रश्न गरेका थिए।