खोलाले कार बगाउँदा दाङमा चार जनाको मृत्य

दाङ, १७ भाद्र ।
गएराति दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ ।
जिल्लाको घोराही–लमही सडक खण्डको घोराही उपमहानगरपालिका–४ सिस्नेखोलामा आएको बाढीले प्रदेश ०३– ०१ –०२४ च ४४४० नम्बरको कार बगाउँदा घोराही उपमहानगरपालिका–१६ का जगत श्रेष्ठकी छोरीहरु ३२ वर्षीया सुशीला श्रेष्ठ, ३० वर्षीया राधिका श्रेष्ठ कुँवर, घोराही–१३ का ४० वर्षीया रितामाया पुन र घोराही–१४ का ४२ वर्षीया विमला केसीको मृत्यु भएको हो ।
कारका चालक ४० वर्षीय नरबहादुर पुनको भने उद्धार गरिएको प्रहरीले जनाएको छ । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।