चितवनका क्रियाशील महिला पत्रकारहरुलाई क्षमता अभिवृद्धि तालिम

असार २२ ।
चितवन : चितवनका क्रियाशील महिला पत्रकारहरुलाई क्षमता अभिवृद्धि तालिम दिइएको छ ।
सोमवार रत्ननगरमा भएको कार्यक्रममा चितवनकी पत्रकार शान्ता अधिकारी र प्रतिमा सिलवालले प्रशिक्षण दिएका हुन। प्रशिक्षकहरुले कोरोना महामारीको यो विषम परिस्थितिमा समाचार संकलनमा परेको असर र चुनौतिका बारेमा सहजीकरण गरेका थिए।
महिला पत्रकारहरुले पत्रकारिता गर्दा केकस्ता समस्या उब्जिएका छन र  समस्याका समाधान कसरी गर्न सकिन्छ भन्ने बारे जानकारी दिएका थिए । पत्रकार महिला आफू सक्षम र योग्य हुँदा हुँदै अझै पनि पहुंचमा पुग्न नस्केको भन्दै आत्मविश्वासका साथ काम गर्नु पर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथ्यता ग्रहण गरेका नगर प्रमुख नारायण वनले समाज परिवर्तनमा पत्रकारहरुको भूमिका महत्त्वपुर्ण रहेको भन्दै नकारामक भन्दा सकारत्मक पाटोलाई बढी औंल्याएर समाचार लेख्नु पर्ने बताए। साथै नगर भित्रका कुनै समस्या वा आफूहरु बाट कुनै कमजोरी भएका छन भने खबर गर्न र यथार्थ बिषयमा समाचार सम्प्रेषण गर्न पनि आग्रह गरे। 

कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपमेयर बिमला दुवाडीको अध्यक्षता रहेको थियो।  उक्त कार्यक्रममा मन्तव्य राख्दै उपमेयर दुवाडीले तथ्यमा आधारित समाचारलाई जोड दिनु पर्ने साथै बेथिती र गलत काम भएका छन् भने खबरदारी गर्नु पनि पत्रकारको कर्तव्य भएको बताए। महिला पत्रकारहरु हर समस्याका बावजुद पनि सबल र सक्षम बन्दै पत्रकारितामा आफुलाई सकृय राख्न सक्नु सम्मान योग्य भएको बताईन । उनले पत्रकार हकहितका लागि नगरपालिका सधै साथमा रहेको बताईन। कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रेस सल्हाकार होम सापकोटा, पत्रकार महासंघ चितवनकी उपाध्यक्ष प्रमिता ढकाल, सचिव दीपेन्द्र अधिकारी,कार्यपालिका सदस्य समेत रहेकी पत्रकार सरस्वती लामा लगाएत चितवनका १५ जना महिला पत्रकारहरुको सहभागिता रहेको थियो ।