खतराको तह पार गर्दै नारायणी नदी, सतर्कता अप्नाउन अपिल !

चितवन/ १ असार/दुईदिनदेखी परेको अविरल बर्षाको कारण पानीको बहाब अत्याधिक बढन गएकोले नारायणी नदीले खतराको तह पार गरेको छ । जल मापन केन्द्र देवघाटका अनुसार नारायणी नदीले खतराको तह पार गरेको हो । यस क्षेत्रमा ८ मिटर पानीको सतहलाई खतराको तह मानिन्छ । आज साझ नारायणीको सतह बढेर १०.१ मिटर पुगेको हो । अहिले नारायणीको बहाब अझै बढ्ने क्रममा रहेको जल मापन केन्द्र देवघाटले जनाएको छ । नारायणीले खतराको तह पार गरेसंगै नदी तटीय क्षेत्रमा जोखिम बढेको छ।
यसैबिच त्यस क्षेत्रमा सतर्कता अपनाउनजिल्ला प्रशासन कार्यलय,भरतपुर महानगरपालिकाको कार्यलय लगाएतका सम्बन्धित निकायहरुले स्थानीयलाई अपिल गरेका छन।