भरतपुर १५ श्रीरपुरमा  कृषि कर्म,कृषि प्राविधिकबाट

 

         
    
           चितवन१ असार । परम्परागत खेती प्रणाली त्यागौ,आधुनिक विधिलाई अपनाऔँ भन्ने मुल उद्धेश्य सहित भरतपुर १५ श्रीरपुरमा बहुउद्धेशिय नर्सरी सञ्चालनमा आएको छ । 

                   कृषि प्राविधिकबाट नै सञ्चालित नर्सरीमा थोरै लगानीमा प्रसस्त मुनाफा लिन सकिने विरुवाहरु उपलव्ध छन् । कृषि बैज्ञानिकहरुले उत्पादन गरेका विरुवाहरुबाट छोटो समयमा किसानले लाभ लिन सक्ने बताइएको छ ।
        जयबुद्ध एग्रो टेकद्धारा सञ्चालित एकीकृत जयबुद्ध नर्सरीको आज भरतपुर १५ श्रीपुरमा उद्घाटन  कार्यक्रम सम्पन्न भएको छ ।
              कार्यक्रमको प्रमुख अतिथी  भरतपुर महानगरपालिका १५ का वडा अध्यक्ष शम्भु भण्डारी रहनु भएको थियो । कार्यक्रममा बोल्नु हुदै वडाअध्यक्ष भण्डारीले कृषि क्षेत्रको विकाशका धेरै कार्यक्रम रहेकोले आफनो तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो ।

           फलफुलका बिरुवाहरु बर्षेनी किसानलाई सहयोग गर्दे आएता पनि बिरुवाहरु हुर्काउन नसकेकोमा वडाअध्यक्ष भण्डारीले गुनासो गर्नुभएको थियो । अब भने यस्ता किसीमका समस्या नआउने गरी बिरुवाहरुको संरक्षणमा यस संीथाले प्राविधिक सहयोग गर्ने बताउनुभयो । 
        गमलामा फल्ने आपँ,सानो बियाँ भएको लिचि,सुन कागती लगायतका बिरुवाहरु नर्सरीमा उपलव्ध छन् । प्राङ्गारिक  खेतिमा जोड् दिई नर्सरीलाई नमुनाको रुपमा अगाडि बढाई कृषिमा सहयोग पु¥याउनका लागि जयबुद्ध नर्सरीले महत्वर्पूर्ण भुमिका खेल्नेछ भन्दै शुभकामना व्यक्त  गर्नुुभएको थियो ।

               सो कार्यक्रमको बिशिष्ट अतिथी प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना कार्यन्वयन ईकाईका प्रमुख मेघनाथ तिमील्सेर्ना रहनुभएको थियो । त्यस्तैगरी कृषि अधिकृत इन्द« ढुङ्गाना र माधव शर्मा,अगुवा कृषक बिष्णु कुमारी शर्मा, लगाएतले संस्थाको प्रगतिको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
         कार्यक्रममा स्थानिय कृषकहरुलाई उन्नत जातकका लिचिका विरुवा निःशुल्क मायाको चिनो स्वारुप प्रदान गरीएको थियो । जयबुद्ध एगा्रे टेकका कार्यकारी निर्देशक दुर्गाप्रसाद दवाडीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 

       नर्सरीबाट जैविक मल,प्राविधिक ज्ञान र जैविक बिषादीको सेवा दिन सकिने अध्यक्ष दवाडीले बताउनुभयो । कृषकको माग अनुसार कृषि औजार उपकरण,नि शुल्क प्राविधिक सेवा दिईने दवाडीले जानकारी गराउनुभएको थियोे ।
      प्राङ्गारिक  केन्द«का प्रमुख चन्द«प्रसाद अधिकारीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।