राष्ट्रियसभा सदस्यमा गृहमन्त्री बादललाई हराउँदै खिमलाल देवकोटा निर्वाचित।

हेटौंडा, ६ जेठ/राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षीय गठबन्धनका उम्मेदवार खिमलाल देवकोटा विजयी भएका छन् ।

नेकपा एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गर्दै देवकोटा विजयी भएका हुन्। निर्वाचित देवकोटाले कुल ५०८८ मतभारसहित विजय हासिल गरेका हुन थिए भने बादलले ४०१४ मत प्राप्त गरेका थिए।

एमालेको माधव नेपाल पक्षका मत तान्न नसकेपछि बादलको विजय असम्भव बनेको एमाले ओली पक्षले आरोप लगाएको छ भने यता नेपाल पक्षले भने ओली पक्ष स्वयं बादल हराउन लागेको प्रत्यारोप गरेको छ।