जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

जेठ ४ । कर्णाली राजमार्गस्थित दुल्लु नगरपालिका–३ सियालामा जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको बा२०च ७१५ नम्बरको जीप दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय दैलेखक प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार जीप मंगलवार बिहान दुर्घटनामा परेको हो ।

‘ब्रेक फेल’ भई जीप कर्णाली राजमार्गबाट ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटना जुम्लाको गुटिचौर गाउँपालिका–४ का जीप चालक ३८ वर्षीय रामहरि न्यौपाने र गुटिचौर–२ की २७ वर्षीया लक्ष्मी न्यौपानेको मृत्यु भएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार जीपमा २ जना मात्र सवार रहेका थिए । निषेधाज्ञाको बेला जीप किन सुर्खेत जाँदै थियो भन्नेबारे जुम्लासँग समन्वय भइरहेको श्रेष्ठले बताए ।  रासस