विप्लव निकटअखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघद्वारा स्वास्थ्य हेल्पडेक्स संचालन।

बैशाख २५ भरतपुर/नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट स्वास्थ्यकर्मीहरुको संस्था नेपाल जनस्वास्थ्यकर्मी महासंघ चितवनले कोरोना महामारीको यो विषम परिस्थितिमा पनि भरतपुर अस्पतालमा सहायता कक्ष (हेल्प डेक्स) स्थापना गरेको छ।
कोरोना भाईरस कोभिड १९ महामारीको दोस्रो लहर सुरु भए पछि संक्रमण तिब्र रुपमा फैलिए संगै अस्पताल आउने बिरामिलाई मास्क र स्यानिटाइजर प्रयोगमा ध्यान दिन आग्रह गर्दै यसका असर र बच्ने उपाय बारे जानकारी गराउने उद्देश्यले सहायता डेक्स स्थापना गरेको हो।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज सन्देश पौडेलले स्वास्थ्य सामाग्री स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरि उक्त सहायता कक्षको उद्घाटन गरेका थिए। यो कार्यक्रम निरन्तर रुपमा संचालन हुने र अन्य अस्पतालहरूमा समेत विस्तार गरिने अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ चितवनका संयोजक होमनाथ पौडेलले जानकारी दिए।
उक्त कार्यक्रममा नेकपा जिल्ला सेक्रेटरी मिनप्रसाद सापकोटा,अखिल(क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराई लगाएत को उपस्थिति रहेको थियो।