चितवनमा काेरना संक्रमणकाे नयाँ रेकर्ड , आजैमात्र ३९२ संक्रमित

चितवन, वैशाख २५-

चितवनमा आज काेरना संक्रमणले नयाँ रेकर्ड कायम गरेकाे छ जस अनुसार अहिले सम्मकै सबैभन्दा धेरैलाई कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार आज एकै दिन थप ३९२ जनामा कोरोना संक्रमण देखिएको हो ।
जसमा भरतपुर महानगरपालिकाका ३२०, रत्ननगरमा २९, खैरहनी नगरपालिकामा ११, राप्तीमा १२, माडीमा १४ र कालिकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै चितवनमा जम्मा संक्रमितको संख्या ९ हजार ४८४ जना पुगेको छ भने १३७ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालयले जनाएको छ । चितवनका अस्पतालहरुमा १६४ जना र घरमा दुई हजार १४३ जना आइसोलेसनमा रहेका छन् ।

फाइल फोटो