गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई आर्थिक सहयोग

चितवन २० वैशाख/चितवन समाज जापान कान्साई क्षेत्रिय समिती द्वारा नेपालकै केन्द्र विन्दूमा रहेको चितवन जिल्लामा जनस्तर बाट निर्मार्ण हून गैरहेको गौतमबूद्द अन्तराष्टिय क्रिक्रेट रंगशाला लाई दश लाख रुपैया हस्तान्तरण गरेको छ। अन्तर्राष्ट्रिय समन्वय समिति एसिया संयोजक एवं चितवन समाज कान्साईका सल्लाहकार मुक्तिराम खरेलको संयोजकत्वमा सदस्यहरु जनक पाठक, कमला आचार्य, लक्ष्मण गैरे र नन्दु सापकोटा लाई आर्थिक समिति चयन गरी उक्त रकमको संकलन गरीएको थीयो। 

चितवन समाज जापन कान्साई क्षेत्रीय समिति द्वारा सङ्कलित रकमको चेक गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा परिसरमा सोमवार आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसलाई हस्तान्तरण गरिएको हो । 

 

सहयोगको चेक हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथि गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका सदस्य एवम् क्षेत्रीय समिति कान्साईका संरक्षक तुल्सीराम खरेलले राष्ट्रिय गौरवको आयोजना सम्पन्न गर्न अनवरत रूपमा लागिरहनुभएका धुर्मुस सुन्तली फाउण्डेशनलाई हार्दिक धन्यवाद दिंदै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

 

सहयोगीहरुले उपलब्ध गराइएको चेक ग्रहण गर्दै धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले सबैको सहयोगबाट नै राष्ट्रिय गौरवको आयोजना निर्माण भइरहेको जानकारी दिनुभयो । नेपालीको सहयोगबाट नै यो अभियान सम्पन्न हुने भएकोले राष्ट्रिय गौरवको आयोजनालाई सफल बनाउने काममा लाग्न देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई अनुरोध गर्नुभयो । यो अभियानमा सहयोग गर्ने सम्पूर्ण सहयोगी महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि रचनात्मक सहयोगको अपेक्षा गर्नुभयो ।

 

चितवन समाज जापान क्षेत्रीय समिति कान्साईका संयोजक भुम प्रसाद गैरेको अध्यक्षतामा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालका अध्यक्ष मुक्तिप्रसाद अधिकारी, चितवन समाज जापानका उपाध्यक्ष ईश्वरीप्रसाद कंडेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति अध्यक्ष अधिकारी ले यस संस्थासगं समन्वय भएका देश हरू वाट सहयोग प्राप्त भएको जानकारी दिदै यस महान अभियान सहयोगिदाता हरु लाई हार्दिक धन्यवाद दिनुभएको थियो चितवन समाज जापानका उपाध्यक्ष ईस्वरी कंडेलले शुभकामना मनतब्य राख्दै चितवन को रामपुरमा आएर रंगशाला निर्माण गर्नु भएको मा धुर्मुश सुन्तलि फाउन्डेशनलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो। चितवन समाज का अधक्ष्य राजन कुमार श्रेष्ठ ले यो विषम परीस्थितिमा पनि चितवन समाज कान्साईले गरेको काम को स्रहाना गर्दै शुभकामना सन्देश पठाउनु भयको थियो ।

 

अन्तमा कार्यक्रमका सभापति गैरेले थोपा, थोपा मिलेर समुन्द्र वने जस्तै यस राष्ट्रिय अभियान मा केही भए पनि सहयोग गर्ने हेतुले चितवन समाज जापान कान्साई क्षेत्रीय समितिले आर्थिक सहयोग संकलन अभियान सन्चालन गरेको थियो। सवैको अथक प्रयास बाट आज यो सफल भएको छ र यस अभियान सफल पार्नको लागि सहयोग गर्नु हुने आर्थिक दाता को नाम र सहयोग रकमको पुर्ण विबरण सहित जापान वासि सम्पूर्ण नेपाली तथा गैर बासी नेपाली हरु लाई हार्दिक आभार प्रकट गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।।

 

सहयोग हस्तान्तरण कार्यक्रममा चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति, नेपाल अध्यक्ष मुक्ति प्रसाद अधिकारी ,चितवन समाज जापानका बाबुराम खरेल,चेतराम गैरे, रामप्रसाद खरेल, डिलाराम गैरे, लक्ष्मण गैरे,ईश्वरी कंडेल, माधवप्रसाद पौडेल, गोपाल कंडेल , पत्रकर नारायण सापाकोटा , इस्वारी कंडेल लगायतको सहभागिता रहेको थियो

 भने कार्यक्रमको सञ्चालन चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालका सदस्य दिपक गौतमले गर्नुभएको थियो ।