अमेरिकाले नेपाललाई १ अर्ब ३० लाख सहायता प्रदान गर्ने

वैशाख १९ । अमेरिकाले नेपाललाई १ अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने भएको छ । 

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन आफ्नो देशले अतिरिक्त सहायतास्वरूप रकम प्रदान गर्ने बताए ।

शनिवार अपराह्न ट्विट गर्दै उनले अमेरिकाको पुरानो मित्र नेपाललाई महामारी विरुद्धको लडाइँमा भरथेग गर्न अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसएआईडी) मार्फत रकम उपलब्ध गराइने बताए ।

‘कोभिड–१९ विरुद्ध ठूलो संघघर्ष गरेको आफ्नो मुलुक नेपालप्रति ऐक्यबद्धता प्रकट गर्दछ, निर्दयी कोरोनालाई परास्त गर्न नेपाल सफल हुनेछ,’ उनले ट्विटमा भनेका छन् ।