आज देशका अधिकांश स्थानमा हावाहुरी र चट्याङ सहितको वर्षा हुने

काठमाडौं/आज देशका अधिकांश स्थानमा हावाहुरी र चट्याङ सहितको बर्षा हुने सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरका अधिकांश स्थानको मौसम आंशिकदेखि सामान्य बदली रहने छ ।

हाल देशको पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।
अहिले देशभर आंशिक देखि सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका थोरै र बाकी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन,चट्याङ्ग र हावाहुरी सहित बर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी भूभागका केहि र तराईका भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज प्रदेश नं १ लगायत देशका पहाडी भूभागमा सामान्य बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

देशका केहि स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले जनाएको छ ।