शुरू भो आज देखि चितवनमा १५ दिने निषेधाज्ञा!

सूर्य बराल/शुक्रबार, बैशाख १७, २०७८/चितवन/बढ्दो कोरोना सङ्क्रमणलाई रोकथाम गर्ने भन्दै प्रशासनले चितवनमा गएराति देखि निषेधाज्ञा जारी गरेको छ । बुधबार बसेको जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी)चितवनको बैठकले बिहीबार राति १२ देखि १५ दिनसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो। गए राति १२ बजेदेखि नै लागू भएको यो नियम ३१ गते राति १२ बजेसम्मका लागि लागू हुनेछ ।
चितवनमा कोरोना (कोभिड १९) सङ्क्रमितको सङ्ख्या ५ सय नाघेपछि निषेधाज्ञा गर्ने निर्णय गरिएको जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी) चितवनका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए । जिल्लामा कोरोना सङ्क्रमणको अवस्था हेरेर थप निर्णयहरु गरिने प्रजिअ लामिछानेले जानकारी दिए ।