चितवनबाट राति बाटोमा हिँड्ने सर्वसाधारणलाई अश्लिल हर्कत गर्ने ६ जना ‘तेस्रो लिङ्गी’ पक्राउ 

 

 

 बैशाख १३ चितवन । चितवन, भरतपुर महानगरपालिका वडा नं ३ भरतपुर ओरालो स्थित सडक खण्डको एरियामा रातको समयमा  अश्लिल हर्कत तेश्रो लिंगीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।  

बाटोमा हिँड्ने सर्वसाधारण मानिसहरूलाई सामाजिक मर्यादा विपरीत अश्लिल हर्कत तथा गतिविधी गर्नेलाई प्रहरीले पक्राउ गरेको हो । सडकमा अश्लिल हर्कत थरि हल्ला गरी समाजमा शान्ति सुरक्षामा असर पुग्ने खालको क्रियाकलाप गरेको कारण ६ जना तेस्रो लिंगीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।