चितवनमा टिपरकाे ठक्करबाट एक महिलाको मृत्यु

१२ बैशाख चितवन ।   चितवनमा टिप्परकाे ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।            भरतपुर महानगरपालिका चितवनको  गितानगर चनौली सडक खण्ड अन्तर्गतपर्ने  भरतपुर २१ को कान्छि चोकमा कान्छी चोक बाट पार्वतीपुर जानेक्रममा ना ७ ख ८११९ नम्बर प्लेट रहेको टिपरको ठक्कर बाट कान्छी चोक हुँदै पार्वतीपुर साइकलमा सवार हुँदै जाने क्रममा भरतपुर १९,कि बर्ष ४६ गिता गुरुङको दुर्घटना स्थलमै मृत्यु भएको कुरा जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ