चितवनको भरतपुरमा म्याजिक आफै अनियन्त्रित भई खाल्डोमा खस्दा दुईको मृत्यु, ७ जना घाईते

चितवन/चितवनको भरतपुरमा यात्रुबाहक म्याजिक भ्यान आफै अनियन्त्रित भई खाल्डोमा खस्दा दुई जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । आज (आईतबार) बिहान ९ बजेको समयमा भ.म.न.पा. १९ रामपुर बजार नजीक चौकीको अगाडि म्याजिक आफै अनियन्त्रित भई खाल्डोमा खसेको हो।

नारायणघाटबाट शारदानगर टाउन तर्फ जांदै गरेको ९ जना सवार ना१ज ३८५९ नम्बरको म्याजिक आफै अनियन्त्रित भई सडकको कल्बर्डबाट तल खाल्डोमा खस्दा २ जनाको मृत्यु भएको हो । सो दुर्घटनामा परेका घाईतेको भरतपुर अस्पताल, नया मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवन प्रहरीका अनुसार मृत्यु हुनेमा म्याजिकमा सवार बर्ष अं.४५ को ल्याउदा ल्याउदै बाटोमै मृत्यु भएका जि.कास्की रुपा गा.पा.१ बस्ने बर्ष ४५ को सुर्य खाती र जि.चितवन भ.म.न.पा. ४ बस्ने बर्ष ५० को राजेन्द्र दमाईको उपचारको क्रममा बिहान ०९ः३५ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । म्याजिक आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रहरीले दिएको घाइतेको विवरण यसप्रकार छन्।
मिति २०७७/१२/२९ गते अं.०९:०० बजेको समयमा जिल्ला चितवन भरतपुर म.न.पा. १९ रामपुर चौकी नजिकै भरतपुरबाट शारदानगर टाउन तर्फ जांदै गरेको ना१ज ३८५९ नम्बरको म्याजिक आफै अनियन्त्रित भई सडकको कल्बर्डबाट तल खाल्डोमा खस्दा चालक सहित ९ जना सवार मध्य २ जनाको मृत्यु भएको र निम्न स्थान बस्ने निम्न व्यक्तिहरु घाईते भई निम्न अस्पतालमा उपचार भई रहेको,
निम्न घाईतेहरु

पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको घाईतेहरु:-
१.जिल्ला लम्जुङ दोर्जि गा.पा.३ वस्ने बर्ष ३१ को विनोद गुरुङ अवस्था मध्यम ।
२.जिल्ला रसुवा कालिका गा.पा.२ बस्ने वर्ष १९ को प्रदिप घिमिरे अवस्था मध्यम ।
नयां मेडिकल कलेज भरतपुरमा उपचार भ रहेको घाईतेहरु:-
१.म्याजिक चालक जिल्ला चितवन भरतपुर १९ शारदानगर बस्ने बर्ष ३५ को रमेश थापा, दुबै खुट्टा भांचिएको,गम्भिर
सरकारी अस्पताल भरतपुरमा उपचार भई रहेको घाईतेहरु:-
१.जिल्ला चितवन भरतपुर म.न.पा.६ बस्ने बर्ष ४७ की शारदा परियार, मध्यम ।
२.जिल्ला चितवन भरतपुर म.न.पा.२१ पार्वतिपुर बस्ने बर्ष ४८ की कुमारी बि.क., गम्भिर ।
३.जिल्ला चितवन भरतपुर म.न.पा.१९ शारदानगर बस्ने बर्ष ३२ की बबिता गुरुङ, गम्भिर ।
४.जि.चितवन भरतपुर म.न.पा.१९ रामपुर बस्ने बर्ष २४ को अनुप लामा, सामान्य स्थानिय मेडिकल रामपुरमा उपचार भई रहेको ।