न्यायपालिकाको निर्णयलाई शिरोधार्य गर्ने

चितवन/उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफुहरुले न्यायालयको फैसला मान्ने बताएका छन् । प्रेस सङ्गठन चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै न्यायालयको फैसला आफूहरुले मान्ने स्पष्ट पारेका छन् ।
न्यायालयले जे फैसला गर्छ त्यो हामीलाई मान्य हुन्छ । न्यायलयको फैंसला नमान्ने लोकतन्त्रवादी हुन नसक्ने भन्दै दुईदिन अघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको बिराटनगरको बोली सच्याईदिएका छन् । उनले उल्टै प्रश्न गर्दै भने “न्यायपालिकाले गर्ने फैसलाप्रति विमति जनाउने कुन लोकतन्त्रवादी हुन्छ ?” शक्ति पृथकीकरणको सिद्धान्तलाई आपूmहरुले विश्वास गर्ने जनाउँदै न्यायपालिकाको निर्णयलाई सबैले शिरोधार्य गर्नुपर्छ भने ।
राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिका लागि दुई वामपन्थी दलबीच एकता गरिए पनि प्रचण्डका कारण सङ्कट आएको भन्दै राजनीतिक स्थिरताका लागि ताजा जनादेशमा जानुपर्ने अवस्था आएर विघटनको निर्णय भएको जिकीर गरे । उनले प्रश्न गर्दै भने, “ताजा जनादेशमा जाने कुरा असंवैधानिक र अलोकतान्त्रिक कसरी हुन सक्छ ?”
निर्वाचन तोकिएकै समयमा हुने जनाउँदै पोख्रेलले निर्वाचनबिरोधीहरु नै जनबिरोधी भएको भन्दै उनले जनादेशमा जान अबरोध नगर्न निर्वाचनबिरोधीहरुलाई चेतावनी दिए ।