चितवन जिल्ला अदालतले ढकाललाई दियो सफाई !

सूर्य बराल/चितवन/नेकपा चितवनका युवा नेता एवं सन्देश फाउण्डेशनका संस्थापक उपाध्यक्ष गौरब बाबु ढकाललाई जिल्ला अदालत चितवनले सफाई दिएको छ। ठगी केसमा डेढ बर्ष अगाडि काठमाडौमा समातिएका ढकाललाई चितवन ल्याई हिरासतमा राखिएको थियो ।
ढकाल १८ दिनको हिरासत बसाई पछि सामान्य तारेखमा छुटेका थिए। तत्कालीन प्रहरी नेतृत्वले प्रहरी प्रतिवेदनको आधारमा पक्राऊ गरी प्रहरी कार्यलयले थप अनुसन्धानको लागि जिल्लाअदालतमा मुद्धा चलाएको थियो । ढकालको मुद्धामा आईतबार न्यायधिश प्रकाश कुमारअधिकारीको एकल ईजलासले उनीमाथि लगाईएको आरोप उपर प्रमाण नभएको भन्दै सफाइ दिएको हो ।
मुद्दाको बहस अधिबक्ता नारायण गिरी र गोपीलाल देबकोटाले गरेका थिए । कानुन र संविधानको अधिनमा रहेर हुने कुनै पनि आपसी लेनदेन ठगी नहुने भएकोले ढकालले सफाई पाएको अधिवक्ता गीरीको भनाई छ।
अर्का अधिबक्ता देवकोटाले पीडीत भनिएको ब्यक्तिले अदालतमा आँफु पीडीत नभएको र नठगीएको भनेर बयान दिएपछि ढकालले सफाई पाएको बताए। ढकालले भने आफ्नो ब्यक्तित्वलाई धमिलो बनाउन खोज्ने केही तत्वहरु असफल भएको र आफू निर्दोष रहेकोले अदालतले आफूलाई सफाई दिएको प्रतिक्रिया दिएका छन ।