बुग्गी मास्टर सिग्देलको अबैध सट्टेबाजीले सिमा नाग्दै, प्रहरी बेखबर कि मुकर्दशक ?

सुर्य बराल । नवलपुर
एकजना शिक्षक जस्को काम के रु उत्तर साधरण छ, बिधार्थीहरुलाई आफ्नो बिषयगत साथै नैतिक तथा सदाचार सम्बन्धि शिक्षा प्रदान गर्ने । तर यहाँ एकजना यस्ता शिक्षक छन् जो रुपमा बाहिर सामाजिक शिक्षक हुन् तर भित्र भित्रै समाजमा असामाजिक कार्य तथा अबैध सट्टेबाजी धन्धा चलाई समाजलाई नै कलंकित एवं प्रदुषित बनाउने कार्यमा सम्लग्न छन् ।
हो ती शिक्षक हुन्, नवलपुरको गैंडाकोट नगरपालिकामा रहेको गैंडाकोट ईगंलिस बोड्रिङ्ग स्कुलमा एक पिरियड पढाउने स्कुलका सञ्चालक समेत रहेका बुग्गी मास्टर राजेश्वर सिग्देल । सिग्देल पेशाले शिक्षक अर्थात मास्टर भएपनि उनको बिगत लामो समयदेखिको मुख्य पेशा अर्थात धन्दा अबैध सट्टेबाजी बुग्गी (जुवा) हो ।
सट्टेबाजी धन्धाका कुख्यात नाईके सिग्देलले सञ्चालन गरेको अबैध सट्टेबाजी बुग्गीबाट टाट पल्टनेहरुको लामै नाम लिष्ट रहेको छ । गैंडाकोटका सिग्देलको अबैध धन्दा र कारोबारबारे स्थानिय प्रहरीलाई थाहा भएर पनि प्रहरीले कार्बाही नगरेको उनीद्वारा पिडीतहरुको गुनासो छ । स्थानिय केही नाम चलेका गुण्डाहरुलाई समेत हातमा लिई बुग्गी खेलाउने सिग्देल कुख्यातः बुग्गी सञ्चालक रहेको सट्टेबाजीको दुनियाँमा उनको चर्चीत नेक नामबाट प्रष्ट हुने उनीसँग जुवा हारी टाट पल्टिएका एक पुर्ब जुवाडेले जानकारी दिए ।
आफ्नो नाम गोप्य राख्ने शर्तमा ति पुर्ब जुवाडेले भने अल मुम्बई शहर र ईण्डिया लगाएत सट्टेबाजीको दुनियाँमा गाँगुली भाईको नामले कुख्याती कमाएका सिग्देलले बर्षौबाट अबैध बुग्गी सञ्चालन गर्दै समाजलाई बर्बाद गर्दे आईरहेको भएपनि स्थानिय प्रहरी प्रशासन मौंन बस्नु शंका र चिन्ताको बिषय भएको उनले दुःखेसो पोखे ।

को हुन बुग्गी सञ्चालक सिग्देल ?
जिल्ला नवलपुर गैंडाकोट नगरपालिका वडा नं. २ का स्थानिय बासिन्दा हुन सट्टेबाजी धन्धा सञ्चालन गर्ने बुग्गीमास्टर सिग्देल । सामान्य परिवारका उनले बिगत २ दशकदेखि गैंडाकोट क्षेत्रका बिभिन्न स्कुलमा गणित शिक्षा बिषय पढाउदैं आएका छन् ।
हाल उनले करोड आफ्नो शेयर रहेको गैंडाकोट बोर्डिङ्ग स्कुलमा अध्यापन गराईरहेको श्रोतको दाबी छ । बाहिर बाहिर एक पिरियड गणित शिक्षा पढाएर सामाजिक छबि बनाएका सिग्देलले भित्र भित्र समाजमा भने बिकृती एवं बिसंगति बढाउदै लगेको स्वंय उनकै सहकर्मीहरु बताँउछन् । उमेरले ३४ बर्षका सिग्देलले लामो समयदेखि गैंडाकोटमा सट्टेबाजी बुग्गीखाल (जुवा) सञ्चालन गरेपनि नवलपरासी प्रहरीको आँखा नपुग्नु थप आशंका र रहस्यको बिषय बनेको छ ।
केही महिना अघि चितवन प्रहरीको पक्राउमा परेका उनले आफ्नो प्रहरी हाकीमहरुसँगको सम्बन्ध र पहँुचकै कारण छुट्न सफल रहेको ध्वाँस दिदै हिड्नुले थप आशंका बढाएको छ ।

कहिले पक्राउ परे सिग्देल रु कसरी छुटे ?
चितवन प्रहरीले गत् भाद्र २१ गते चितवनमा वेष्ट ईण्डिजमा जारी क्यारेबियन प्रिमियर लिग९सिपिएल टी –२०० का लागी सट्टेबाजी गरेको अभियोगमा ४ जना पक्राउ गरेको थियो ।
सिपिएल टी –२० क्रिकेटमा बाजी राख्ने धन्दामा सक्रिय रहेको भन्दै उनै बुग्गीमास्टर सिग्देल लगाएतका उनका पार्टनरलाई पक्राउ गरेको थियो । ईन्टरनेट बा्राउजर डाईमन्डएक्सचेञ्जडटकम लगाएतका बिभिन्न युआरएल हरुको प्रयोग गरी सट्टेबाजी गरेको भन्दै सिग्देल सहित उनका बुग्गी पार्टनर भरतपुर महानगरपालिकाका अरु ३ जना युवालाई नियन्त्रणमा लिएको थियो । सिग्देल एक लाख ७२ हजार पाँच सय रुपँया नगद र सट्टेबाजीमा प्रयोग भएको मोबाईल सहित नियन्त्रणमा परेका थिए ।
सार्बजनिक हित,स्वास्थ्य,सुरक्षा, सुबिधा र नैतिक्ता बिरुद्धको कसुरमा सट्टेबाजी मुधा लागेका सिग्देलको टिम अदालतको धरौंटी आदेशमा थुनामुक्त भएका थिए । थुनामुक्त भई बाहिर आएपछी पनि सिग्देलको अबैध धन्दा रोकिनुको सट्टा झन बढदै गएको श्रोतले जानकारी दियो ।

को को हुन सिग्देलकासट्टेबाजी साझेदारहरु ?
सिग्देलले आफ्नो धन्धालाई ब्यबस्थित गर्न साझेदारहरु समेत बिकास गरेको देखिन्छ । उनको अबैध सट्टेबाजी धन्धाका साझेदारहरुमा ईटहरी घर बताउने हाल गैंडाकोट १ सलाईफेक्ट्री नजिक बसोबास गर्ने बर्ष २६ का अशोक चौंधरी, गैंडाकोट २ का सबिन कंडेल, चितवन भरतपुर महानगरपालिका वडा नंं ७ का सबिन कंडेल लगाएतका रहेका छन् ।

सिग्देलबाट पिडीत भएकाहरु को को हुन् ?
गैडाकोटका एक थापा थरका युवाले सिग्देलद्धारा सञ्चालित सट्टेबाजीमा हारी १० धुरका २ वटा द्दडेरी नै पास गरी दिएको थापा परिवारका एक सदस्यले जानकारी दिए । गैडाकोट १६ का सापकोटा थरका २७ बर्षिय एक युवक जो जुवामा टाट पल्टिएपछी हाल बिदेश पलाएन भएका छन् । त्यस्तै गैडाकोट १२ हर्कपुरका अर्का एकजना शिक्षक समेत जुवामा टाट पल्टिएपछी हाल बिदेश पलाएन भएका छन् ।
त्यस्तै मौलाकालिका फेदीमा होटल ब्यबसाय गर्ने अर्का एक युवक पनि सिग्देलद्धारा सञ्चालित सट्टेबाजीमा हारी ब्यबसायबाटै बिस्थापित हुन पुगेका छन् । त्यस्तै गैडाकोट २का अर्का एक २८ बर्षिय युवक सिग्देदलको सट्टेबाजी खालमा टाट पल्टिएर लाखौको सम्पति गुमाएर भरतपुरको एउटा पसलमा काम गरी जिबिका चलाईरहेका छन् । त्यसैगरी धर्मचोक लकुंका कंडेल थर भएका अर्का एक युवकले सिग्देलसंग सट्टेबाजीमा हारी नारायणगढको चोकमा राम्रो चालु अवस्थाको फेन्सी पसल बेचेर घर न घाटको अवस्थामा पुगेका छन् ।
तेसैगरी चितवन भरतपुरकै एक माज्याक टायल उधोगी, एक रंग पसले र अर्का एक आई. एम. ई. सञ्चालक सिग्देलकै सट्टेबाजी खालबाट सडकमा पुगेको पाईएको छ । एक पुर्ब जुवाडेले भने यी त केही प्रतिनिधी घटना मात्र हुन यस्ता अरु थुप्रै युवाहरु सिग्देलकै कारण घर न घाटको हुनुको साथै आफ्नो भएको सम्पति सिग्देललाई बुझाई आफ्नो परिवार र लालाबालाको भबिश्य अन्धकारमय बनाउन बाध्य भईरहेको सिग्देसँगै जुवा हारी सडकछाप भएका छन् ।

गैडाकोट र्बोडिगंमा करोडको शेयर, जुवाकै पैसा हुन सक्ने आशंका ।
सट्टेबाजी दुनियाँका बादशाहको रुपमा कुख्याती कमाएका सिग्देलले एक पिरियड पढाउने उनी समेत सञ्चालक रहेको गैंडाकोट बोड्रीगंमा मात्र करिबन करोडको शेयर रहेको श्रोतको दाबी छ । यता स्कुलका प्रिन्सिपल हिरा अर्यार्लले सिग्देलको शेयर कतिको हो भन्न मिल्दैन भने तर अर्यालले नभनेपनि स्कुल श्रोतका अनुसार सिग्देलको भाईटल शेयर रहेको बुझिएको छ ।

जुवाबाटै लाखौंको लगानी र करोडौं सम्पति
गैंडाकोट बोड्रीगंमा रहेको शेयर लगानी, कावासोती मालपोतमा सिग्देलको नाममा दर्ता रहेका लालपुर्जाहरु चितवनमा रहेका घडेरी र जग्गाहरु र उनको अन्य सम्पतिलाई हिसाब गर्ने हो भने एउटा एक पिरियड पढाउने मास्टरले परिवार पालेर त्यसरी सम्पति जोड्न कति सम्भव छ भन्ने प्रश्न खडा हुन्छ । श्रोतका अनुसार सिग्देलले जुवाबाटै लाखौंको लगानी र करोडौं सम्पति जोडेका छन् । नामुद सट्टेबाजी सञ्चालकको सम्पति के कसरी आर्जन भयो छानबिन हुनुपर्नेमा गैडाकोटकै एक समाजसेवीले जोड दिए ।

प्रहरी बेखबर कि मुकर्दशक ?
बर्षौं बर्षदेखि बिभिन्न ब्रोकर मार्फत आफ्नो ब्यक्तिगत खाता बनाई सोही खातामा रकम जम्मा गराएर नगद हारजित हुनेगरी सट्टेबाजी सञ्चालन गर्ने बुग्गी मास्टर राजेश्वर सिग्देल उर्फ ‘गाँगुली भाई’को यो अबैध धन्धा बारे प्रहरी बेखबर की मुकदर्शकरु गम्भिर प्रश्न खडा भएको छ ।

जिल्लान्तरको चितवन प्रहरीले उनलाई चितवनका उनका अन्य पार्टनरले पोलेको आधारमा समाएको थियो । जबकी सिग्देलको अबैध जुवाको कारण घरबारबिहिन हुनेहरु गैंडाकोट नगरपालिकामा मात्र दर्जनौं छन् । उनीहरु कतिपयले आफु बर्बाद भएपनि अरु बर्बाद नहुन भनि स्थानिय प्रहरीलाई मौखिक उजुरी दिएपनि प्रहरीले बेवास्ता गरेको पिडीतहरुको भनाई छ । यसबाट गोगँुलीभाईको पह्ँच स्पष्ट हुन्छ ।

अतः बिगतमा प्रहरीले बेवास्ता गरेको यो अबैध धन्धाको अब अन्त्य हुनुपर्ने स्थानिय पिडीत युवाहरुको माग छ । सिग्देललाई निर्वाद रुपमा बुग्गी सञ्चालन गर्न दिईरहनुले प्रहरी सम्लग्नताको आशंका यर्थाथमा बदलिने पिडीतहरुको गुनासो छ, यस बिषयमा प्रहरीका उपल्लो तह सचेत भई आवश्यक छानबिन र अनुसन्धान गरी समाजमा बिकृती बिसंगति फैलाउनेलाई हदैसम्मको कार्बाही र त्यस्तो गतिबिधीलाई संरक्षण गर्नेलाई समेत हदैसममको कार्बाही हुनुपर्ने गैडाकोटकै एक स्थानिय युवाले माग गरेका छन् ।

हेरौ प्रहरी अब पनि बेखबर बनि मुकर्दशक बस्छ की अबैध बुग्गी सञ्चालन गर्ने सिग्देल लगाएतका उनका पार्टनरहरुलाई अनुसन्धानको दायरामा ल्याउछ, त्यो भने केही दिनमै छर्लङ्ग हुने छ ।

अबैध धन्धा गर्नेहरुलाई कार्बाही गर्छु :एसपी मल्ल
यसैबिच नवलपुरको गैंडाकोटमा बर्षौबाट अबैध बुग्गी सञ्चालन, प्रहरी प्रशासन किन मौन रु प्रहरी बेखबर कि मुकर्दशक रु भनि हामीले सोधेको प्रश्नमा नवलपुरका एसपी प्रकाश मल्लले अबैध धन्धा गर्नेहरुलाई खोजी खोजी कार्बाही गर्ने बताए । उनले भने बिगतमा के के भयो म जान्दिन तर मेरो कार्यकालमा म जिल्लामा कुनै अबैध गतिबिधी हुन दिन्न । उनले अगाडी थपे अबैध धन्धा गर्नेहरुलाई कार्बाही गरेरै छाड्छु ।साँघु साप्ताहिकबाट