धर्तिले सोधेका अनुत्तरित प्रश्नहरु ….

हावाको त्यो अगोधकम्पनमा समेत आफनो अस्तित्व रक्षाका लागी अविचलित आत्मा धर्तिको यो मैदानमा संघर्षरत नै रहयो । उसको त्यो संघर्षले उसको जीवनको अस्तित्वरक्षार्थ भुमिका खेलेको छ । लाग्दछ, उसले धर्तिमा आफनो उपस्थितीको सान्र्दभिकतालाई पुष्टि गरिरहेको छ । हावाको त्यो वेग होस वा प्रकृतिको अन्य निर्मम प्रहार, जे भएता पनि औचित्य पुष्टिका लागी गरिएको उसको त्यो प्रयत्न साँच्चै जीवनको औचित्य खोज्नका लागी वाध्य वनिदियो ।

जीवन वाल्यकाल, वयस्क, वुद्ध हुदै धर्तिमा विलिन भयो । लामो कपाल हुदाँ काटेर वाहिरी सुन्दरतामा लिप्त वनियो । चाउरिएको गलालाई तन्काउने वेजोड प्रयत्न गरियो । ऐनामा सुन्दरता खोज्ने नाममा हजारौ पटक जुँगाहरु काटिए । यति धेरै क्रियाकलाप गरिरहदाँ पनि धर्तिले कुनै दिन प्रश्न सोधेको आभास किन भएन ?

सदिंयौदेखी चल्दै आएको यो नियमनमा भौतिक परिवर्तनलाई मात्र जीवनको साध्य मान्ने हो भने यसले न्याय पाउदैन । जवसम्म धर्तिमा रहने प्राणीले जीवनका साध्य प्राप्त गर्न सहजताका साथ सक्ने छैनन तवसम्म भौतिक तथा आर्थिक विकासले मात्र जीवनको औचित्य पुष्टि हुन सक्दैन । अहिलेम्मको मुख्य अनुत्तरित प्रश्नहरु यिनै हुन् । यी अनुत्तरित प्रश्नहरु किन मनमस्तिष्कमा जरा गाडेर वसिदियो ? यसको न्युन समिक्षात्मक मुल्यांकन गर्ने हो भने जीवनमा भौतिक तथा आर्थिक वस्तुको कुनै पनि अर्थ रहदैन । यहि अर्थ विनाको जीवनले सधैभर घोचिरहयो । कमजोरी ढाक्नका लागी फगत गरिने प्रयत्न लामो समयसम्म रहदैन, तर जव धर्तिले प्रश्न सोधेको आभास हुन थाल्दछ, तव साँच्चै नै जीवन जीवन होईन, निरन्तरतको सानो कण शिवाय अन्य देखिदैन ।
प्रश्नको पहाड मात्र हुने तर समाधान नहुने प्रवृत्तिले जीवन सहज हुदैन । यहि पेरिफेरिमा गुज्रिएको पलहरु कहिले सम्म गुज्रिएलान ? धर्तिमा रहेका हरेकताका आफनै अस्तित्व र भुमिका हुन्छ भन्ने तत्तत सत्यता समेत वुझन नसक्नेहरुको भीडले घेरिएको सन्र्दभमा यसको निकास कसरी प्राप्त गर्न सकिएला ? सेकेन्डको प्रहर हुदै समयले नेटो काटेको यथार्थलाई वुझाउन ऐनामा देखिने प्रतिविम्वको प्रयत्नको पनि अर्थ रहेन । सौन्दर्यतामा रम्नका लागी हेरिने ऐनाले वास्तविकता वुझाउन अविरल प्रयत्न गरेता पनि अनुकुलतामा स्वखलित भएको मानव आत्माहरु ऐनाको वनावट परिवर्तन गर्न अभ्यस्त हुन्छन तर जीवन वदल्ने सोच वदल्ने हिम्मत राख्दैनन । सारमा यहि नै हो ।
थोपाको कणवाट सिर्जित जीवन धर्तिमा नै पुगेर विलिन हुदाँसम्मको अवधिलाई जीवन मान्ने भयो भने, यो वीचका अवधिमा धर्तिले कति प्रश्नहरु सोधे होलान् ? पाईला पाईलामा धर्तिका साधनले अवरोध गर्दा कहिल्यै पनि धर्तिका अनुत्तरित प्रश्नका आभास कसैलाई भयो होला कि नहोला ? धर्ति आफै एकाकार छ, यसो भन्दैमा धर्ति अन्धो छैन, त्यसको अनुभुति कसैलाई भयो कि भएन होला ? थोपावाट सिर्जित जीवन वाल्यकाल, वयस्क, वुद्ध हुदै धर्तिमा विलिन भयो । लामो कपाल हुदाँ काटेर वाहिरी सुन्दरतामा लिप्त वनियो । चाउरिएको गलालाई तन्काउने वेजोड प्रयत्न गरियो । ऐनामा सुन्दरता खोज्ने नाममा हजारौ पटक जुँगाहरु काटिए । यति धेरै क्रियाकलाप गरिरहदाँ पनि धर्तिले कुनै दिन प्रश्न सोधेको आभास किन भएन ? जीवनका यी चक्रले यावत गति लिएर मृत्यृशैयामा रहदाँ पनि धर्तिले सोध्ने प्रश्नको हेक्का किन भएन ?
रातको त्यो निष्पट अन्धकारमा पनि धर्तिको त्यो अंगले खेलेको भुमिकालाई लिएर जीवनमा अनेकौ प्रश्नहरु घोत्लिए । अनुत्तरित प्रश्नको त्यो पहाडले जीवन नै पुरिदा समेत सोच्न नछाड्ने आत्मिक सहादनहरुले कति समय यसरी नै धर्तिमा अस्तित्वविहिनतामा राख्ने होलान् ? नियमित भन्दा वढि धड्कन शुरु गरेको मुटुको गतिले आफनो भुमिका कहिलेसम्म क्रियाशिल राख्ला ? सृष्टिको उदय देखि असंख्या आत्माहरु धर्तिको यो अनुत्तरित प्रश्नले कति धड्केका होलान् ? उनिहरुको सोचले जीवन र धर्तिको मेलमा कति भुमिका खेले होलान् ?
हरेकतामा जिम्मेवारिता र भुमिका देख्ने मेरो सोच र नयनले किन आफनो जीवनका जिम्मेवारिता वहन गर्न सकेन ? सोचका निर्मलीकरण समेत सम्भव नहुने आत्मारतिमा हुर्किएको यो आत्मिक क्रियाशिलताको अन्त्य कहिले होला ? सारमा यो भौतिक शरिरले निरन्तर काम गरिरहेको छ । रातको त्यो अन्धकारमा होस वा दिनको त्यो उज्यालोमा । तर यहि भौतिक शरिरले गर्ने निरन्तर काम सगै हामीले गर्ने काम र जिम्मेवारिता किन गरिएन ? जीवनको औतित्य पुष्टि गर्नका लागी दिईएको धर्तिको यो उपहारलाई हामीले कति पुरा गरयौ ?
उमेर जति घर्किदै गएको छ, धर्तिले प्रश्न सोधेको आभास प्रवल रुपमा भईरहेको छ । धर्तिले जिम्मेवारिता वहनको प्रश्न टड्कारो रुपमा उठाईरहेको अनुभुति भएको छ । जीवनको यो अवधिसम्मको हिसाव किताव धर्तिले खोजेको कुरा मस्तिष्कमा जरा गाडेको छ । धर्तिमा रहने सम्पुर्ण सजिव र निर्जिव प्राणीले आफनो भुमिका खेलिरहदाँ मेरो अन्तरमनमा जीवनको जिम्मेवारिता र भुमिकाको असंख्य अनुत्तरित प्रश्नहरु खडा भएका छन् । यी धर्तिले सोधेका प्रश्नहरुको उत्तर खोज्न सक्ने सामथ्र्य म मा कति रहला ? या त धर्तिमा नै विलिन भएर हार स्वीकार्नुको विकल्प छैन ।