विश्व मुटु दिवसको अवसरमा साइकल र्याली सम्पन्न

१३ आश्विन,भरतपुर/विश्व मुटु दिवसको अवसर पारेर नेपाल हृदयरोग निवारण प्रतिष्ठान चितवनले साइकल र्याली सम्पन्न गरेको छ । “एक सपना साईकल र सफा नेपालकाे” अभियान समेतको संयुक्त आयोजनामा “मन लगाउ, मुटु बचाउ` भन्ने नाराका साथ मंगलबार सचेतनामूलक साईकल र्याली सम्पन्न गरिएको हो ।
बिहानको ७:०० बजे भरतपुर महानगरपालिका वडा नं १ स्थित नारायणघाट बसपार्कबाट सुरु भएको र्याली दियालाे राेड, मेनराेड, पुलचाेक, शहिदचाेक, बस टर्मिनल चाेक, बाईपास राेड, आपटारी हुँदै पुनः नारायणघाट बसपार्कमा पुगेर समापन गरिएकाे हाे। र्यालीमा ७८ जना साइक्लिष्टसँगै करिब ९० जनाले उपस्थिति जनाएका थिए । औपचारिक कार्यक्रममा नेपाल हृदयरोग प्रतिष्ठानका जिल्ला सभापति नारायण सिंह कुंवर, केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेश संयोजक भोजराज कौडेल, प्रदेश सचिव लिलाराज खरेल तथा एक सपना साईकल र सफा नेपालकी अभियन्ता रूक्मिणी सापकाेटा घिमिरेले साइकलको प्रयोग गर्न र मुटुलाई स्वस्थ राख्नका लागि मन लगाउन आग्रह गरेका गर्नु भयाे ।
साईकल र्यालीमा नेपाल हृदयरोग प्रतिष्ठानका जिल्ला उपाध्यक्ष अशोक अधिकारी तथा रेशमलाल श्रेष्ठ, सहसचिव कृष्ण तिवारी तथा सदस्यहरू गोविन्द पाण्डे र कमल श्रेष्ठको पनि उपस्तिथि रहेकाे थियाे । र्यालीका सहभागीहरूलाई एक सपना साईकल र सफा नेपाल अभियान तथा नेपाल हृदयरोग प्रतिष्ठानले “मुटु बचाउ” भन्ने नारा अंकित टि-सर्ट निःशूल्क उपलब्ध गराएको थियाे भने नारायणगढ बसपार्क टाेल सुधार समिति तथा सुमन मिनरल वाटरले पिउने पानीको व्यवस्था गरेका थिए । हरेक वर्ष सेप्टेम्बर २९ तारिखका दिन विश्वभर नै विविध सचेतनामूलक कार्यक्रमको आयोजना गरी विश्व मुटु दिवस मनाउने गरिन्छ ।