चीनले नेपाली भूमि नमिचेको गृहमन्त्री थापाको स्पोष्टोक्ती ।

सुर्खेत, १० असोज । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण नगरेको बताएका छन् ।

परराष्ट्र मन्त्रालयले नै यसबारे स्पष्ट पारिसकेकाले मिडियामा आएजस्तो नेपाली भूमि अतिक्रमण नभएको गृहमन्त्री थापाको भनाई छ।

दार्चुलामा निर्माण गरिएको सशस्त्र प्रहरी गुल्मको उद्घाटन गरी शनिबार सुर्खेत आएका गृहमन्त्री थापाले चीनले नेपाली भूमि नमिचेको बताएका हुन् ।

त्यसो त नेपालको अनुगमन टोलीले पनि ललुङ्जोङमा निर्माण गरिएका सबै भवन चिनियाँ भूभागमै रहेको निष्कर्ष निकालेको छ । चिनियाँ पक्षले नेपाली भूभागमा भवन बनाएको बारे स्थलगत अनुगमनमा गएको नेपाली टोली उक्त निष्कर्षमा पुगेका हो ।

हुम्लाको नाम्खा गाउँपालिकाको लाप्चा क्षेत्रको भवन निर्माण स्थलमा दुवै देशका अधिकारीले दुई देशको नक्सा हेर्दा सो भवन चिनियाँ भूमिमै रहेको नेपाली टोलीले निष्कर्ष निकालेको बताइएको छ ।

नेपाली टोलीका प्रमुख प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरिले ललुङ्जोङमा नेपाली र चिनियाँ अधिकारीले दुई देशका नक्सा हेर्दा भवन बनेको क्षेत्र चिनियाँ भूभागमा देखिएको बताए ।