अब दुई हजारमै पीसीआर टेष्ट

काठमाडौं । सरकारले कोरोना संक्रमण परीक्षणको शुल्क घटाएको छ । अब सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर टेष्ट हुनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले अधिकतम परीक्षण शुल्क दुई हजार रुपैयाँ तोकिएको जानकारी दिए।

उनका अनुसार अब निजी तथा सरकारी सबै प्रयोगशालाले पिसिआर परीक्षण गरेबापत अधिकतम दुई हजार रुपैयाँ लिन पाउने छन्।

यसअघि प्रयोगशालाहरूले अधिकतम ४ हजार ४ सय रुपैयाँ लिन पाउने भनिएको थियो।

विश्व बजारमा पिसिआर परीक्षण गर्न चाहिने आवश्यक किटको मूल्य घटेको र विश्व बजारमै यसको शुल्क पुनारावलोकन गरिएकाले नेपालमा पनि शुल्क घटाइएको मन्त्रालयले जनाएको छ।

रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले जानकारी दिए । सुरुमा पीसीआर टेष्टको शुल्क ५५०० तोकिएको थियो । पछिल्लो समय त्यसलाई घटाएर ४ हजार रुपैयाँ बनाइएको थियो ।