बालिका बलात्कार प्रयासको घटना मिलाउन आफ्नो कुनै भुमिका छैन्ः वडा अध्यक्ष लामा ।

चितवन/भरतपुर महानगरपालिका वडा नं. १८ का वडाअध्यक्ष दिपक लामाले बालिका बलात्कार प्रयासको घटना मिलापत्र गराउन आफ्नो कुनै भुमिका नरहेको बताएका छन् । बलात्कार प्रयास जस्तो जघन्य अपराध मिलापत्र गराउन आफु नलागेको भन्दै उनले यस्तो काम आफुबाट हुनै नसक्ने बताएका हुन् ।

उनले भने म आफैं सम्लग्न भएर त्यस्तो घटना मिलाउने वा मिलापत्र गराउने कुरै हुँदैन । उनले अगाडी थपे, मेरो वडामा बसोबास गर्ने पुरुष नै बालिका बलात्कार प्रयासको घटनामा सम्लग्न रहेकोले वडाअध्यक्षको समेत भुमिका हुन सक्ने भन्दै बिभिन्न सञ्चारमाध्यममा आशंकासहितको समाचार आएपनि आफु त्यस घटना मिलाउने कार्यमा नलागेको उनले स्पष्ट पारेका छन् ।
स्मरण रहोस, गत् जेठ २० गते चितवनको भरतपुर महानगर २० चनौंली बजारमा रहेको एक हार्डवेयरमा काँटी किन्न गएकी एक बालिका माथी बलात्कार प्रयासको घटना घटेको थियो, जुन घटनालाई सामसुम पार्न केही स्थानियहरु लागीपरेका थिए । सो घटनामा मिलापत्र गराउन वडाअध्यक्ष स्वंय लागीपरेको भन्दै पिडित परिवार निकटस्थ एक गोप्य श्रोतले भण्डाफोर अभियानलाई जानकारी गराएका थिए ।

पिडीत पक्ष निकट श्रोतले दिएको सुचनाको आधारमा यस अघि जेठ ३१ गतेदेखि वडाअध्यक्ष लामा सहित उक्त घटना मिलापत्रमा सम्लग्नहरुलाई समेत अनुसन्धानको घेरामा राख्नुपर्ने आशयको समाचार भण्डाफोर अभियान लगाएतका बिभिन्न सञ्चारमाध्यममा श्रृंखलाबद्ध रुपमा प्रकाशित भएको थियो । सो समाचारमा सत्यता नरहेको भन्दै लामाले घटना दबाउन आफ्नो कुनै पनि प्रकारको सम्लग्नता नरहेको जानकारी दिए ।