प्रतिबन्धित नेकपाका चितवन जिल्ला ईञ्चार्ज विसी पक्राउ।

सरकारद्धारा प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका चितवन जिल्ला इन्चार्ज लालबहादुर बिसी पक्राउ परेका छन् ।

चितवन प्रहरीले बिसीलाई सोमबार साँझ पूर्वीचितवनको राप्ती नगरपालिकाको भण्डाराबाट नियन्त्रणमा लिएको हो ।

बिसीलाई अहिले जिल्ला प्रहरी कार्यालय चितवनमा राखेर सोधपुछ भइरहेको चितवन प्रहरी कार्यालय स्रोतले जनाएको छ।

स्रोतका अनुसार बिसीसंगै विप्लवका अन्य जिल्ला नेताहरु समेत नियन्त्रणमा रहेका छन् । उनीहरुको अनुसन्धान भइरहेको छ ।