बाढीले गैँडाकोटमा डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

गैंडाकोट/तिनदिनदेखि लगातार परेको पानी र स्थानिय खोलामा आएको बाढीले पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा डाइभर्सन बगाईदिएको छ । डाइभर्सन बगाएपछि राजमार्ग सडक अवरुद्ध भएको छ । गैँडाकोट नगरपालिका–९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो ।

लगातारको वर्षाले डाइभर्सनमा राखिएको कल्र्भट बगाएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए । बिहान ४ बजेबाट सडक अवरुद्ध भएको उनले जानकारी दिए। अहिले गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् ।

नारायणगढ–बुटवल सडकखण्ड निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले सडक विस्तारका क्रममा डाइभर्सन निर्माण गरेको थियो गैँडाकोटदेखि दाउन्नेसम्मको ६४।४ किलोमिटर सडकखण्ड विस्तारको काम भइरहेको छ । अहिले पुनं सोही कम्पनीले नयाँ डाइभर्सन बनाउने तयारी गरिरहेको प्रहरीले जानाएको छ ।