आदर्श साथी बनाउन आदर्श नारी कल्याण कोषको स्थापना

 चितवन/सामुदायिक परोपकारी कार्य गर्ने उद्धेश्यले आर्दश नारी विकास केन्द्रले आर्दश नारी कल्याण कोषको स्थापना गरेको छ ।संस्थाको कार्यालय भरतपुरमा आज एक कार्यक्रमका बीच संस्थाले संस्थागसंस्थागत दिगो विकास संगै पारस्पारिक एकता कायम गर्न कल्याण कोष बनाएको हो । कोषमा संस्थाका आजिवन, साधरण सदस्य, कर्मचारी र आदर्श अभियानमा जोडिएका महिला हरु मात्र सदस्य बन्न पाउनेछन् ।

संस्थामा आवद्ध सदस्यहरुलाई संस्थाको संस्थागत विकास तथा संचालनमा अर्थपुर्ण सहभागिताका लागि उनीहरुलाई संगठित गराई एक अर्काको सुख दुखमा आदर्श साथी बनेर सहयोगीको भुमिका निर्वाह गर्ने बानीको विकासका लागि कोषको स्थापना गरिएको संस्थाकी अध्यक्ष मीना खरेलले जानकारी दिनुभयो । यस कोषमार्फत महिलाहरुलाई लघुउद्यमशीलता विकास गरिने अध्यक्ष खरेलको भनाई थियो ।

हिसांमा परेका महिला दिदीबहिनीलाई न्याय र अधिकारका लागि मध्यस्थकर्ता बनी सिपमुलक कार्यबाट अगाडी बढ्न प्रेरणा दिने यसको लक्ष्य रहेको छ ।यो संस्था २०४९ सालदेखि महिलाहरुको हक अधिकारका लागि क्रियाशिल रहिआएको छ । संस्थामा आज थप २ नयाँ सदस्य थपिएको छन् । स्वास्थय वातावरण तथा सरसफाई अभियानमा लागेकी रुक्मीणी सापकोटा र पुष्पाञ्जली पुस्तक पसलकी प्रतिमा उप्रेती खनाललाई नयाँ सदस्य बनाएसंगै संस्थामा सदस्यको संख्या १३६ पुगेको छ ।

यसैबीच, संस्थाले आफ्ना साधरण सदस्यहरुलाई असार मसान्तभित्र नविकरण गर्न आवहन गरेको छ । सो अवसरमा असार १५ विशेष कार्यक्रम पनि गरिएको छ । संस्थाका अध्यक्ष मीना खरेलले चम्चा तथा पिलेट, कोषाध्यक्ष उषा खरेल सुवेदीले दहि तथा सदस्य अनिता केसीले चिउरा सौजन्य गनुभएको थियो ।