देश बचाऊ सरकार !

चितवन/भारतीय अतिक्रमण विरुद्ध मानव अधिकार तथा शान्ति समाजले आज दिउँसो देशव्यापी रुपमा धर्ना कार्यक्रम
गरेको छ । अतिक्रमित नेपाली भूभाग कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्ता लगायतका भूभागहरु सुरक्षित गर्न नेपाल
सरकारलाई दबाब दिने उद्देश्यले धर्ना कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ ।
चितवन शाखाद्वारा भरतपुरको चौबीसकोठीमा ब्यानरसहित नेपाली सार्वभौमिकता संरक्षण गर, नेपाल सरकार
लिपुलेकसहितको नक्सा सार्वजनिक गर, दुई देशका नागरिकबीचको सुमधुर सम्बन्ध कायम गर, सीमा अतिक्रमण अपराध हो,
सडक निर्माण तत्काल बन्द गर, कालापानीबाट भारतीय सेना फिर्ता गर आदि लेखिएको प्लेकार्ड बोकी सहभागीहरु सडक छेउ
उभिएर धर्ना दिएका थिए ।
केन्द्रीय समितिद्वारा काठमाडौंमा दिइएको धर्नामा प्रहरीबाट गरिएको धरपकड र गिरफ्तारीको भत्र्सना
गर्दै मानव अधिकार तथा शान्ति समाज चितवनका सभापति काशीराम गिरीले गिरफ्तार गरिएका अधिकारकर्मीको तत्काल विना शर्त
रिहाइको माग गरे । भारत सरकारले हाम्रो एक इन्च सीमा पनि अतिक्रमण गर्न पाउँदैन र हाम्रो भूभागको संरक्षण गर्ने
जिम्मा नेपाल सरकारको हो । नेपाल सरकारले प्रभावकारी कदम चालेर कुनै पनि हालतमा देशको भूभागको रक्षा गर्नुपर्ने उनले
बताए । – अजय गोर्खाली