उठाउनै पर्ने हो त यो उद्योग ?

नभए पनि नहुने, भए पनि गाह्रो हुँदो रहेछ विकास । कतिपय उद्योगधन्दा त यस्तो कि खुलेपछि स्थानीयको टाउको दुखाइ हुने !चितवनको भरतपुर–२६ दिव्यनगरमा बस्तीभन्दा केही पर घोलमा खुलेको छ क्रसर उद्योग, जसको कारण विभिन्न समस्या परेको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् । कांग्रेसका पूर्व जिल्ला सभापति पृथ्वीमान गुरुङको संयोजकत्वमा संघर्ष समिति नै बनाएर उद्योगलाई हटाउन खोजिएको छ ।
समितिको आयोजनामा गत बुधबार एक विरोध सभासमेत आयोजना गरिएको थियो । एसबी कन्स्ट्रक्सन कम्पनीद्वारा सञ्चालित क्रसर उद्योगबाट ध्वनि प्रदूषण, वातावरण प्रदूषण हुनुका साथै भगडी र वनकट्टा कुलो पनि जाम गराइएको, कृषि उत्पादनका खेतको उत्पादनमा ह्रास, उद्योगबाट निःसृत दूषित र अनुपयोगी पदार्थबाट वरिपरिका जमिन काम नलाग्ने र दलदलमा परिणत भएको, मत्स्यपालनका पोखरीमा जलको स्तर घटी अक्सिजनको कमी हुने र थरथराहटबाट माछा मर्ने, निकटका गाउँबस्तीमा धाराका पानी सुक्ने, खयरघारी, भगडी, वनकट्टा, मगनीदेखि दिव्यनगरस्थित मावि र कलेज अध्ययन गर्ने विद्यार्थी, अभिभावकलाई ग्रामीण साँघुरो सडकमा तीव्र गतिमा भारी ट्रिपरको आवतजावतबाट आतंकित तुल्याएको आदि विकराल समस्याका कारण संघर्षमा उत्रिनुपरेको संयोजक पृथ्वीमान बताउँछन् ।
कुनै पनि उद्योग खोल्दा प्रारम्भमा स्थानीय बासिन्दा एवं जोडिएका जग्गादाताहरूको रोहवरमा गरिनुपर्नेमा त्यसो नगरिएको, शुरुमा वडाध्यक्षबाट बालुवा धुलाइ र सेपरेसन मात्र गर्ने सिफारिस भएको तथा कुनै राष्ट्रिय महत्वका आयोजना नभएको स्थानमा हाल ढुंगा फुटाउने ठुल्ठूला क्रसर मेसिन जडान गरी महानगरपालिकाबाट अनधिकृत रूपमा सीमित अवधिका लागि सञ्चालन गर्ने इजाजत लिई क्रसर सञ्चालन गरेको, यस्ता उद्योग चलाउन अपनाउनुपर्ने कुनै कार्यविधि नअपनाएको, कुनै पनि सरकारी निकायबाट कुनै आधिकारिक इजाजत लिइएको नपाइएको अवस्थामा केही स्वार्थी तत्वबाट आमजनताको भावना र हितविपरीत बलजफ्ती सञ्चालन गरेको देखिएको संघर्ष समिति बताउँछ । यस विषयमा वडाध्यक्षदेखि महानगरपालिका, राष्ट्रिय निकुञ्ज, जिल्ला प्रशासन, प्रहरी, वनलगायत सम्बन्धित निकाय, प्रदेश तहदेखि संघीय सांसद, विभिन्न पार्टी कार्यालय तथा नेकपा अध्यक्ष प्रचण्डदेखि कांग्रेसका शेरबहादुरसम्मलाई ज्ञापनपत्र बुझाइसकिएको पृथ्वी बताउँछन् ।
उद्योगस्थित जग्गाका सँधियार रमेश गुरुङले क्रसर उद्योग सञ्चालन भएपछि आफ्नो खेतीबालीको उत्पादन घटेको(बिग्रेको बताए । त्यहाँ माछापालनसमेत गरेका उनले क्रसर उद्योगकै कारण माछासमेत मरेको बताए । जीवन कँडेल, स्थानीय छविलाल ढकाल, नारायण ढकाल, बुद्धि ढकाल, केदार पोखरेल, प्रकाश गिरी, मनोज चौधरीलगायतबाट सञ्चालित यस उद्योगमा वडाध्यक्षसमेतको लगानी रहेको हुन सक्ने विरोधीहरू बताउँछन् । त्यसैले वडाध्यक्ष ज्ञानप्रसाद खनाल यो उद्योगलाई बचाउन लागिपरेको उनीहरूको आरोप छ ।
यस सम्बन्धमा यहाँ विकास निर्माणका ठुल्ठूला योजना छन्, क्रसर उद्योग राख्न पाउने कार्यविधि छ भनेर महानगरपालिकाको बोर्ड बैठकले निर्णय गरेर दिएको भन्दै वडाध्यक्ष खनालले भने, ‘यसमा मेरो लगानी९सगानी केही छैन, त्यो अफवाह फैलाइएको हो, पैसा भएको भए हाल्दिन्थें, छैन के गरुँ रु’ त्यहाँ क्रसर उद्योग राख्न ठिक कि बेठिक त रु भन्ने प्रश्नमा उनी भन्छन्, ‘विकास निर्माणमा कहीँ न कहीँ त राख्नुपर्ने होला, जनतालाई मार प¥यो भने राख्नुहुँदैन, मैले जानेको त्यही हो ।’