हंँस सहकारीद्धारा सय विपन्न परिवारलाई राहत सामाग्री

बैशाख २०, चितवन/हंस बहुउद्धेश्य सहकारी संस्थाले नारायणढका विपन्न परिवार र असंगठित मजदुरलाई लक्षित गरी एकसय विपन्न घरपरिवारलाई राहत वितरण गरेको छ । संस्थाले आज नारायणगढमा उनीहरुलाई चामल, तरकारी लगायतका खाद्यसामाग्री वितरण गरेको हो ।
संस्थाले लकडाउनको शुरुवाती क्षण बाट नै भरतपूर महानगरपालिकाका विभिन्न वडामा राहत वितरण कार्यालयलाई तीब्रता दिदै आएको छ ।
लामो लकडाउनका कारण दैनिक जीवन यापन गर्न कठिन भएका त्यस्ता व्यक्तिहरुलाई राहत वितरण गरिएको संस्थाकी सचिव शारदा शर्मा पौडेलले जानकारी दिए । उननीका अनुसार आज नारायणगढका दुईठाउंँमा गरी सय परिवारलाई राहत सामाग्री वितरण गरिएको हो ।
गत बैशाख १७ देखि हालसम्म राहत वितरणरलाई निरन्तरता दिइदै आएको र आगामी दिनमा पनि महानगरपालिका का अन्य वडामा राहत वितरण गर्दै जाने संस्थाका प्रबन्धक श्याम बन्धु पोख्रेलले जानकारी दिए । उनका अनुसार महानगरपालिकाका वडा नम्बर १, ३, १० र १६ वडामा राहत वितरण कार्य सकिएको र अन्य वडामा क्रमश वितरण गर्दै जाने उहांँले बताए ।
संस्थाले हालसम्म ३०० भन्दा घरपरिवारलाई राहत वितरण गरिसकेको र पांँचसय घरपरिवारलाई राहत वितरण गर्ने योजना रहेको संस्थाका अध्यक्ष दिनेश कुमार चुकेले बताए। जसको घरमा चुलो नबल्ने छ ती परिवार को चुलो चौका बलोस र भोका नरहुन भन्ने उद्धेश्यले मानवीय कार्य निभाएको चुकेको भनाई छ । यसअघि पनि संस्थाले विभिन्न सामाजिक संस्थालाई आर्थिक सहयोग गर्दै आइरहेको छ ।