नेपाली शब्दकोशमा भाइरसको अर्थ सच्याइँदै

काठमाडौं /चीनको वुहान सहरबाट फैलिएको कोरोना (कोभिड–१९) महामारीका कारण चलनचल्तीमा आएका केही नयाँ प्राविधिक शब्द नेपाली शब्दकोशमा थप्न नेपाल प्रज्ञा प्रतिष्ठानले तयारी गरेको छ ।

हाल चलतचल्तीमा आएका थुप्रै नयाँ शब्द अबका पुस्ताले बुझुन् भन्ने उद्देश्यले प्रतिष्ठानले नयाँ शब्दहरु थप्ने तयारी गरेको प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बताए ।

हाल कोरोना, कोभिड–१९, लकडाउन, क्वारेन्टाइन, आइसोलेसन, होम–क्वारेन्टाइन, र्यापिड टेस्टिङ, किट, भाइरस, सोसियल डिस्टेन्स, ट्रेसिङ लगायत चलनचल्तीमा रहेका कोरोना महामारीसँग जोििडएका शब्दहरु थपिने तयारी अन्तिम चरणमा पुगेको कुलपति उप्रेतीले बताए । यो समाचार आजको नागरिक दैनिकमा रुबी रौनियारले लेखेकी छिन् ।