सांसद सिग्देलद्धारा जिल्लाको स्वास्थ्य स्थितीको वारेमा निरिक्षण

वि.वि. श्रेष्ठ/तनहुँ/प्रतिनिधसिभा सदस्य केदार सिग्देल ले तनहुँ जिल्लाका विभिन्न नगरपालिका तथा गाँउपालिका हरुमा कोरोना रोकथामका लागी भएको काम कारवाही र गतिविधिका वारेमा निरिक्षण तथा अवलोकन गर्नुभएको छ । विश्वलाई नै कोरोना रोगले ग्रसित वनार्यरहेको सन्दर्भमा प्रतिनिधीसभाका सदस्य केदार सिग्देलले जिल्लाका विभिन्न पालिकाहरुमा स्थलगत अध्ययन तथा निरिक्षण गरि जनताको स्वाथ्य अवस्थाको वारेमा जानकारी लिनुभएको हो । आम जनताको स्वास्थ्य नै जीवनका महत्वपुर्ण पाटो हो, यसको निराकरणका लागी राज्यका विभिन्न निकाय क्रियाशिल रहनुपर्ने वताउनुहदुै राज्यद्धारा निर्देशित एकद्धार प्रणाली मार्फत नै जनताका लागी नै सहयोग तथा स्वास्थ्य समाग्री वितरण गर्नुपर्ने वहाँले वताउनुभयो । देश नै संकट अवस्थामा रहेको हुदाँ सरकारद्धारा जारी गरिएको लकडाउनलाई पुर्ण पालना गर्न पनि वहाँले आम समुदायलाई आग्रह गर्नुभयो । विगतको जस्तो अवस्था नभएको हुदाँ संयमित र सुरक्षित तवरले नै कोरोना सँगको युद्ध जितिने हुदाँ राज्यलाई सहयोग गर्नु सम्पुर्ण जनताका अहिलेको आवश्यकता रहेको वताउनुभयो । तिनै तहका सरकारले जनताको स्वास्थ्य स्थितीको ख्याल गरि सरकारको अनुभुति हुने गरि काम गर्नुपर्ने वहाँले जिल्लाका सुरक्षा निकाय लगायत स्थानिय प्रमुख र सम्वन्धित निकायको ध्यानाकर्षण गराउनुभएको थियो ।
साथै वहाँले जिल्लाका विभिन्न निकाय र पालिकाहरुमा स्वास्थ्य समाग्री पालिका प्रमुख हरुलाई वितरण गर्नुहुदै राज्यको निकायमार्फत नै सम्वन्धित स्वास्थ्य कर्मी र जनतामा न्यायोचित ढंगवाट राहत वितरण गर्न वहाँले निर्देशन दिनुभयो । जनताको समस्यालाई सुन्न र पुर्ण रुपमा कार्यन्वयन गर्ने नै सरकारको काम भएको हुदाँ सम्वेदनशील भएर काम गर्न वहाँले सरोकारवालालार्य आग्रह गर्नुभयो । सोही अवसरमा वहाँले शुक्लागण्डकी नगरपालिकामा पिपिई २ थान, नर्मल गन–१ थान, सर्जिकल मास्क– २०० थान, ग्लोवक्स प्याकेट ३ थान, एन ९५ मास्क– १० थान वितरण गर्नुभएको थियो । यस्तै व्यास नगरपालिकामा पिपिई –२ थान,थर्मलगन –२ थान, सर्जिकल मास्क–३०० थान, एन ९५ मास्क –१० थान, म्याग्दे गाँउपालिकामा पिपिई–२, थर्मलगन–१, सर्जिकल मास्क–१०० थान, रिसिङ्ग गाँउपालिकामा पिपिई–२ थान, थर्मल गन–१ थान एन ९५ मास्क–५ थान, सर्जिकल मास्क–१०० थान, ग्लोवक्स मास्क– २ प्याकेट, घिरिङ्ग गाँउपालिकामा पिपईि–२ थान, थर्मलगन–१ थान, एन ९५ मास्क–५ थान, सर्जिकल मास्क–१०० थान, ग्लोवक्स मास्क–२ प्याकेट, भिमाद नगरपालिकामा पिपिई–२ थान, थर्मलगन–१ थान, सर्जिकल मास्क–१०० थान, एन ९५–१० थान, ग्लोवक्स मास्क–३ प्याकेट, भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा थर्मलगन, जिपि कोईराला स्वास्प्रश्वास उपचार केन्द्रमा पिपिई २ थान, थर्मलगर्न–१ थान, एन ९५ मास्क–५ थान, सर्जिकल मास्क–१०० थान र ग्लोवक्स मास्क– २०० थान वितरण गर्नुभएको थियो । यसैगरि वहाँले जिल्ला अस्पताल, जिल्ला प्रहरी कार्यलय, जिल्ला जनस्वास्थ्य कार्यलय लगायतका स्थानहरुमा समेत स्वास्थ्य समाग्री वितरण गर्नभएको थियो ।
सम्वन्धित पालिका तथा निकायहरुको गुनासो लाई आफुले सक्ने सहयोग र राज्यको निकायमा पुरयाउने वताउनुभएको प्रतिनिधिसभा सदस्य केदार सिग्देलले जनतामा समान व्यवहार नै अहिलेको आवश्यकता रहेको समेत वताउनुभयो । राज्यद्धारा वितरित राहत दुरुपयोग हुन नदिन सम्वन्धित पालिका चनाखो हुनुपर्ने वताउनुहुदै यसमा राजनिति गर्न नहुने पनि वताउनुभयो ।