रामनगरका बासिन्दाको सत्कर्म: भोकभोकै हिडेर घर जाँदै गरेकाहरुलाई दैनिक खाना

चितवन/बिश्वभर महामारीको रुपमा फैलिएको कोराना भाईरसको कारण सिर्जीत समस्या र नेपाल सरकारको लकडाउका कारण राजधानी काठमाण्डौ लगाएतका पहाडी जिल्लाबाट रातदिन भोकभोकै हिडेर आफनो घर जान आएका श्रमिक एवं अन्य आम मानिसहरुका लागी भरतपुर १ रामनगरका स्थानिय बासिन्दाहरुले खानाको ब्यबस्था गरिरहेका छन् ।

आकस्मिक लकडाउनले गर्दा सवारी नचलेको र नेपाल सरकारको अब्यस्थापनको कारण लामो समय लगाएर भोक, प्यास अनि थकानले लखतरान परेका बटुवाहरुलाई सडकमै त्रिपाल लगाई रामनगरका स्थानीयले खानाको ब्यबस्था गरेका हुन् । लकडाउनको कारण सडक छेउका पसल तथा होटलहरु पनि बन्द रहेको अवस्थामा भोकै प्यासै सडकमा गुज्रिरहेका श्रमिकहरु लगाएतका बटुवाहरुको भोजनको ब्यबस्था मिलाई रामनगरबासीहरुले पुन्यको काम गरेका हुन् । रामनगर सम्म आएकाहरुलाई स्थानीयहरुले आलो पालो गरी निशुल्क खाना खुवाईरहेका हुन् । रामनगरका स्थानीयहरुले गत् चैत्र २८ देखि यो पुन्यको कामलाई निरन्तरता दिईरहेका छन् ।

यस्तो पुन्यको काममा रामनगरका युवा ब्यबसायी एवं समाजसेवी टंक न्यौपानेको नेतृत्वमा सम्पूर्ण रामनगरबासी नै सक्रिय रुपमा लागीपरेको देखिन्छ । रामनगरकै स्थानीय समेत रहेका समाजसेबी टंक न्यौपानेको अध्यक्षतामा राहत संकलन तथा बितरण समिति नै निमार्ण गरेर स्थानियहरुले अहोरात्र आफै खट्टिएर दिनरात सडकमा यात्रा गर्ने मजदुरलाई खाना खुवाई मानबता प्रर्दशन गरिरहेका हुन् । कुनै सरकारी निकाय तथा अन्य कुनै संघ सस्थाँको सहयोग बिनै स्थानीयहरुले आ आफ्नो तर्फबाट आलोपालो गरी खाना खुवाईरहेको समितीका संयोजक न्यापानेले बताए ।

११ दिनदेखी बिहान बेलुका गरेर १८ सय भन्दा बढीलाई खाना खुवाएको समितिका संयोजक न्यौपानेले जानकारी दिए । आफुहरुले गरेको यो सत्कर्ममा भरतपुर महानगरको समन्वय र महानगर प्रमुख रेनु दाहालको प्रत्यक्ष निगरानी रहेको न्यौपानेको भनाई छ । आफुहरुले बिहान बेलुका र राति पनि आउनेहरुलाई खाना खुवाउनुको साथै सवारी साधनमा समेत चढाएर पठाउने गरेको उनले जानकारी दिए । यो सत्कर्ममा उद्योग बाणिज्य संघ चितवनका कार्यसमिति सदस्य भानु न्यौपाने, वडा नम्वर १ का वडा सदस्य याम बहादुर राना मगर, समाजसेवी फणिन्द्र भण्डारी, जंगबहादुर भण्डारी, नेकपा चितवनका जिल्ला कमिटि सदस्य मधु न्यौपाने, समाजसेवी भरत भण्डारी, तारानाथ कुँवर, माधव नगरकोटी, राजु ठकुरी उद्यमी राजेन्द्र अर्याल, लगायतका दर्जनौं युवा तथा मनकारी समाजसेवीहरुको समेत सक्रिय सहभागीता रहेको न्योपानेले बताए ।

सरकारले कोराना नियन्त्रणको लागी भन्दै लकडाउन घोषणा गरेर घरभित्रै बस्न आदेश दिएपनि कामको शिलशिलामा राजधानी लगाएतका स्थानमा अस्थायी रुपमा रहेका हजारौं मजदुरहरुले रोजगार गुमाएर छाक टार्न नसकी सहरमा अलपत्र परेपछि ताँति लागेर गाउँ फर्कन बाध्य भई सडकको लामो यात्रामा यसरी भोकै प्यासै हिडदाँ उनीहरुलाई भोजनको ब्यबस्था गरी गन्तब्यसम्म पठाउने कार्यमा रामनगर लगाएतका केही स्थानमा स्थानीयहरु नै सक्रिय भएका छन् । यो पुन्यको काम अन्य स्थानका स्थानीयहरुको लागी पनि मानबताको गतिलो उदाहरण बनेको आम बुझाई छ ।