मनकारी गुरुङ्ग दम्पती : जसले गरे एक महिनाको घर भाडा नलिने घोषणा ।

शुक्रराज आचार्य / चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर १४ शिवनगर निवासी एक गुरुङ दम्पतीले एक महिनाको घर भाडा नलिने घोषणा गरेका छन् । विगत लामो समयदेखि सामाजिक क्षेत्रमा समाजसेवीको पहिचानले चिनिदै आएका दम्पती बन्दसिङ्ग गुरुङ र उहाँको धर्मपत्नी सरस्वती गुरुङले एक महिनाको घर भाडा नलिने घोषणा गर्नु भएको हो ।कोरोना भाइरसका कारण दैनिक जनजिवन प्रभावित हुन थाले पछि गुरुङ्ग दम्पतीले आफ्नो घरमा भाडामा वस्दै आएका व्यक्तिहरुबाट एक महिना वरावरको घर भाडा नलिने घोषणा गर्नु भएको हो । कोरोना भाइरसको त्रासका कारण व्यापार व्यवसाय अवरुद्ध हुनुका साथै भाडामा वस्नेको दैनिकि समेत कष्टकर वन्दै गए पछि केहि राहात होस भनि घरभाडा छुट गरेको दम्पतीले वताउनु भयो । घर भाडा मार्फत मासिक करिव एक लाख रकम उठ्ने गरेकोमा त्रसित वन्दै गएको समयमा आफ्नो नाफा घाटा भन्दा पनि आफुसँग जोडिएका परिवारलाइ राहात पुगोस भनेर एक महिनाको घरभाडा नलिने घोषणा गरेको बन्दसिङ्ग गुरुङ्ले बताउनु भयो । गुरुङ्ग शिवनगर टोल बिकास संस्थाको अध्यक्ष हुनुहुन्छ भने, उहाँको पत्नी सरस्वती गुरुङ्ग चितवन जिल्ला महिला संघकी सदस्य हुनुहुन्छ । यी मनकारी गुरुङ्ग दम्पती जोडीले केही समय अगाडि मात्रै नेपाल रेडक्रस सोसाईटी शिवनगर उपशाखालाई पचास हजार नगद सहयोग गरेका थिए ।