२ नं. प्रदेशका जिल्लाहरुमा खुलेआम तस्करी ! प्रहरी प्रशासन किन मुकर्दशक ?

सुर्य बराल/ बिरंगञ्ज /२१ फागुण/२ नं. प्रदेशका जिल्लाहरु अर्थात पुर्बि तथा मध्य तराईमा यतिखेर ब्यापक मात्रमा तस्करीको धन्धा मौलाईरहेको छ । नियामक निकायहरुको आखाँ छली केही भ्रष्ट्र प्रहरीहरुसँगको मिलेमतोमै खुलेआम तस्करी भईरहेको हो । २ नं. प्रदेश अन्र्तगतका जिल्लाहरु सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा केही महिनादेखि खुलमखुल्ला तस्करी मौलाईरहेपनि प्रहरीका उपल्लो निकायका हाकिमहरु कानमा तेल हालेर बस्नुले प्रहरीकै संरक्षण र मिलेमतोमा तस्करी मौलाईरहेको आम आशंका छ । भारतसँग सिमा जोडिएका यी जिल्लाहरुमा खुल्ला सिमाको फाईदा उठाउदै तस्करहरुले खुलम खुल्ला लाईन मिलाएर तस्करी गरेका हुन् । प्रदेशको सर्लाही, रौतहट र पर्साबाट सबैभन्दा बढी तस्करी हुने गरेको एक अध्ययनले देखाएको छ । तराईका ती जिल्लाहरुमा रहेका भण्डाफोर अभियानका गोप्य सुचकहरुका अनुसार प्रहरीहरुसँगको मिलेमतोमै तस्करी भईरहेको खुल्नमा आएको हो । यतिखेर तराईका ति जिल्लाहरु हुँदै भारततर्फ घरेलु मदिरादेखि, बियर, अन्य ब्राण्डेड रक्सीहरु, केराउ, सुपाडी, छोकडा, ल्वाङ्ग, काठ, माटो र खोलाको ग्रयाभेलहरु समेत तस्करी भईरहेको श्रोतले जानकारी दिएको छ । त्यस्तै, कपडा, ईलेक्ट्रोनिक्स सामान, मोबाईल, हार्डवेयरका सामानहरु भारतबाट नेपालतर्फ तस्करी भईरहेको पाईएको छ । सर्लाहीको मंलगवाको बिभिन्न वडाक्षेत्र, मलगंवाकै लस्काको बाटो क्षेत्र, समराठेनारा, बाराउधोरन, गडैया डुमरिया, बारथवा, छम्कीटोलासम्म, त्रिभुवननगर, गोरखकालीचौकीबाट ब्यापक तस्करी भईरहेको खुलेको छ । त्यस्तै रौतहटको राजदेबी नगरपालिकको बेलबिछुवा, लक्षिमीपुरा, महादेबपट्टी, ब्रहमपुरी, मठियामौलिया, छाप भिउडा, छोटी भन्सार लटमरी लगाएतका स्थानबाट यापक मात्रमा तस्करी भईरहेको श्रोतको दाबी छ । तेस्तै बाराको कलैया, सिम्रौंनगढ, कचरवा । त्यस्तै पर्साको बिरगञ्ज, नगुवा, बसपार्क, डाईर्पोट, भिस्वा, ठोरी लगाएत एकदर्जन क्षेत्रबाट मिलेमतोमा लाईन मिलाएर तस्करी भईरहेको खुल्नमा आएको छ । महोत्तरी,धनुषा, सिराहा र सप्तरी लगाएतका जिल्लाका बिभिन्न छोटी भन्सार लगाएतका स्थानबाट बिशेष गरी साघmँ ७ बजेपछी बिहान ६ बजेसम्म ब्यापक मात्रमा तस्करी हुने गरेको पाईउको हो ।

तस्करीमा सर्लाही अग्रस्थानमा
२ नं. प्रदेश अन्र्तगतका जिल्लाहरुमा मौलाईरहेको तस्करी धन्धा मध्ये सबैभन्दा बढी सर्लाही जिल्लाबाट भईरहेको खुल्नमा आएको छ । सर्लाहीमा त केहीमहिनादेखि तस्करहरुको लागी स्वर्ण युग नै आएजस्तो भएको छ । जिल्ला सदरमुकाम मंलगवाका अलवा दर्जनभन्दा बढी स्थानबाट खुलेआम तस्करी भईरहेपनि प्रहरी प्रशासनले कुनै कार्बाही नगर्दा तस्करहरुलाई स्वर्ण युग नै आएजस्तो भएको हो ।
भण्डाफोर अभियानलाई एक गोप्य श्रोतले दिएको जानकारी अनुसार सर्लाहीको मलङ्गवा नाका लगाएत जिल्लाका महोत्तरी तथा रौतहटसँग सिमा जोडीएका नाकाहरुबाट बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म खुलम खुल्ला तस्करी भईरहेको हो । जिल्लाका समराठेनारा, बाराउधोरन, गडैया डुमरिया, छम्कीटोलासम्म त्यस्तै पुर्बतर्फ त्रिभुवननगर, गोरखकालीचौकी देखि महोत्तरीको सिमासम्म भारतीय नाकाबाट नेपाल तर्फ खुलेआम तस्करी भईरहेको पाईएको हो ।
तस्करीमा प्रहरीकै घुमुवाहरु सम्लग्न रहेको श्रोतको दाबी छ । श्रोतका अनुसार जिल्लाका प्रहरी नायब निरिक्षक असई मोहन यादब लगाएत एकदर्जन बढी सादा पोशाकमा हिड्ने घुमुवा प्रहरीहरु तस्करहरुसँग असुली धन्दामा ब्यस्त हुने गरेका छन ।
घुस्याहा प्रहरीको रुपमा पटक पटक बदनाम भईसकेका प्रहरी नायब निरिक्षक असई मोहन यादब र प्रहरी जवान ध्रुब यादब लगाएतका घुमुवा प्रहरीहरु ब्यापक असुली धन्दामा लागेको श्रोतको भनाई छ । श्रोत भन्छ, नयाँ एसपी बिश्वमणी पोख्रेल आएपछी जिल्लामा तस्करीको लाईन ह्वात्तै बढेको छ ।
श्रोतका अनुसार तस्करीको यस्तो कार्यमा जिल्लाका नामुद तस्करहरु लागेको पाईएको छ ।
यसरी तस्करी गर्नेहरुमा जिल्लाको नामुद तस्कर राजकिशोर यादब अग्रस्थानमा आउँछन । यादबले ईलेक्ट्रोनिक्स र हार्डवेयरको सामान तस्करी गर्ने गरेको श्रोतले जानकारी दिएको छ । त्यस्तै अर्का नामुद तस्कर उमेश पट्टेलले नेपालबाट मरिच,कपडा, प्याजको तस्करी गर्ने,त्यस्तै अर्का तस्कर हाफिम अन्सारीले कपडा लगाएतका सामानहरु तस्करी गर्ने गरेको श्रोतको दाबी छ ।
श्रोतका अनुसार अन्य पोके ब्यापारीहरु त् दर्जनौं छन् ठुला तस्कर मात्र एक दर्जन रहेका छन् जस्ले असई यादब मार्फत सिधै एसपीसँग मोलमोलाई गरी लाईन मिलाएर काम गर्ने गरेका छन् । असई मोहन यादब तिनै ब्यक्ति हुन् जसलाई एउटा जैसवाल थर भएका एक दुइनम्बरी ब्यापारीको ८० हजार रकम घुस खाएको आरोपमा केही महिना अघि प्रदेश प्रहरीले स्पष्टिकरणको लागी बोलाएको थियो ।
तर प्रदेश प्रहरीमा समेत सेटिङ्ग मिलाएको आशंका गरिएका यादबले होटलमा यौनधन्दा गराउने होटलवाहरुसँग समेत मोटो रकम असुल्ने गरेको श्रोतको दाबी छ । त्यतिमात्र होईन जिल्लामा जुवाको समेत लाईन खुल्ला रहेको खुल्नमा आएको छ । श्रोतका अनुसार जिल्लाको खैराआ बऔंरवहा जो ईलाका प्रहरी कार्यालय गडैया अन्र्तगतको क्षेत्रमा दैनिक ठुलो जुवाखाल हुने गरेको श्रोतको दाबी छ ।
दैनिक लाखौंको जुवाखाल हुने जुवाडेको भिष्टो समेत तिनै बदनाम घुमुवा यादब मार्फत प्रहरीका माथील्लो हाकिमसम्म पुग्ने गरेकाले नै यस अघिदेखि नै असुली धन्दामा रहेका यादबको बारेमा सञ्चारमाध्यममा पटक पटक समाचार प्रकाशन भईरहेपनि उनलाई संरक्षण गर्ने कार्य भईरहेको बुझिएको छ ।
त्यस्तै, बरथवा र गडैया डुमरियाको बाटो हँुदै भारततर्फ तस्करी भईरहेको छ । जिल्लाको बागमति नदी जोडिएका जंगली क्ष्ोत्र र कतिपय सुख्खाखोला हुँदै हरकथवा क्षेत्रबाट भारततर्फ गाँजा समेत निर्बाद तस्करी भईरहेको हो ।
त्यस्तै दैनिक दर्जनौ पिकअप भ्यान,मिनी ट्रक लगाएतका सवारी साधनहरुमा भरिभराउ गरी ब्राण्डेड देखि लोकलसम्म रक्सीहरुको भारततर्फ तस्करी भईरहेको खुल्नमा आएको छ, जस्को बारे थाहा पाएर पनि एसपी पोख्रेल मौन रहनु अर्थपरुर्ण र शंकास्पद देखिन्छ ।
जिल्लामा ह्वात्तै तस्करी बढ्नु र यादबको असुलीले सिमा नाघ्दै गर्दा जिल्ला प्रहरी प्रमुख पोख्रेल मौन र मुकर्दशक देखिनुले कत्ता एसपी पोख्रेलकै निर्देशन र संरक्षणमा कतै यादबको अबैध असुली धन्दा मौलाएको होईन भन्ने आशंका बढेको छ ।
यसैबिच सर्लाहीका एसपी बिश्वमणी पोख्ललाई सम्पर्क गर्न खोज्दा उनीसँग सम्र्पक हुन सकेन ।