सरकार र जनता सँगसँगै हिड्नुपर्ने : सांसद सिग्देल

म्याग्दे गाँउपालिका वडा नं १, पान्धारे, तनहुँ
प्रतिनिधिसभा सदस्य केदार सिग्देलले सरकार र जनता सँगसँगै हिड्नुपर्ने
वताउनुभएको छ । वहाँले अवको यात्रा समृद्धिको यात्रा भएको वताउनुभएको छ । देशमा
स्थिर सरकार वनेको केहि वर्ष संघियता कार्यन्वयनका लागी ऐन नियम वनाउन लागेता पनि
सरकारले दुरगामी योजनाका साथ काम गरिरहेको वताउनुभयो । संघिय गणतन्त्रान्त्रिक
चुनाव पछि वनेको सरकारले संघिय, प्रदेश र स्थानीय सरकारमार्फत जनताको आवश्यकता
पुर्तिका लागी काम गरिरहेको वहाँले वताउनुभयो । संघले प्रदेश र स्थानिय सरकार
मार्फत समाजमा विकास र समृद्धिका लागी वजेट निकाशा गरेता पनि धेरै वजेटहरु समयमा
काम नभई वजेट नै फ्रिज हुनुपर्ने अवस्था आईपरेको हुदाँ वजेट कार्यन्वयन का
लागी स्थानिय सम्वन्धित निकाय र उपभोक्ता समिती नै चनाखो हुनुपर्ने समय आएको
वताउनुभयो । जनताको माग र आवश्यकता अनुुसार विकास निर्माणका लागी वजेट निकासा
भएता पनि उपभोक्ता समुह र स्थानिय तह गम्भिर नहुदाँ वजेट नै फ्रिज भएको
धेरै उदारहण भएको हुदाँ स्थानिय तहले पुर्ण रुपमा नियमन गर्नुपर्ने वताउनुभयो

राजनिती विकासको मुख्य कडि हो तर राजनितीको पनि मुख्य अवधि हुन्छ । विकास
निर्माणमा हिजोसम्म राजनिती भएको दावी गर्दे विकासमा राजनिती घातक हुने वहाँले
वताउनुभयो । म्याग्दे गाँउपालिका वडा नं १, स्थित पान्धारेमा पन्चेश्वर महादेव
मन्दिरको शिलन्यास गर्दे प्रतिनिधीसभा सदस्य केदार सिग्देलले राजनैतिक आस्था र विचार
फरक फरक भएता पनि विकास निर्माण आफु सधै जनताका साथमा रहेको वताउनुभयो । यसैगरि सोही अवसरमा म्याग्दे गाँउपालिकाका अध्यक्ष माया रानाले विकासको क्षेत्रमा
कुनै पनि भेदभाव नगरी आफुले काम गर्ने वताउनुभयो । जनतानै शासकको मुख्य
हतिहार भएको हुदाँ जनताको मनोकाक्षा विपरित कोही पनि अगाडी जान नसक्ने
वताउनुभयो ।
यसैगरि सो कार्यक्रममा डिभिजन वन कार्यलयका प्रमुख केदार वरालले पान्धारे
क्षेत्रको विकासका लागी आफुले पुर्ण सहयोग गर्ने वताउनुभयो । व्यास नगरपालिकाका
प्रवक्ता एवं व्यास नगरपालिका वडा नं ५ का वडाध्यक्ष मोहन कुमार श्रेष्ले स्थानियसरकारले पनि जनताको आवश्यकता अनुसार काम गर्दे गईरहेको वताउनुभयो । कृषि,
पर्यटन र उद्योगवाट नै समााज परिवर्तन भएको हुदाँ युवा पंक्तिलाई कृषिमा
लाग्न प्रेरित गर्नुभयो । स्थानिय पुर्वाधार क्षेत्र विकास कार्यक्रम अन्र्तगत विनियोजित
वजेट वाट उक्त पंचेश्वर महादेव मन्दिर निर्माण गर्न लागीएको निर्माण समितीका
अध्यक्ष राजकुमार श्रेष्ले जानकारी दिनुभयो । संस्थाका अध्यक्ष काजीमान श्रेष्टको
अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन सचिव वसन्त कुमार ले
गर्नुभएको थियो ।