यत्र तत्र अब्यबस्थित होड्रिङ्गबोर्डले भरतपुर महानगर कुरुप बन्दै, गृहको निर्देशन अलपत्र !

चितवन । स्मार्ट सिटीको परिकल्पना गरिएको भरतपुर महानगरको बजार तथा मुख्य सडक क्षेत्रमा यत्र तत्र अब्यबस्थित रुपमा टांङ्गिएका होड्रिङ्गबोर्डका कारण शहर नै कुरुप बन्दै गईरहेको छ ।

देशकै बिच भागमा रहेको भरतपुर महानगरमा अब्यबस्थित रुपमा टांङ्गिएका होड्रिङ्गबोर्डका कारण सुन्दर शहर नै कुरुप बन्दै गईरहेको हो । महानगरको मुख्य बजार क्षेत्र नारायणगढको पुलचोक, बसपार्क, शहिदचोक, लायन्सचोक, चौंबिसकोठी, एयरर्पोट, हाकिमचोक, केन्द्रिय बसपार्क, गोन्द्राङ्ग, आँपटारी, रामनगर, जुगेडी लगाएतका स्थानमा रहेका घरका छत तथा सार्बजनिक चोकमा राखिएका यस्ता होड्रिङ्गबोर्डले शहर कुरुप त् भएकै छ, त्यतिमात्रै होईन यस्ता होड्रिङ्गबोर्ड र लाईटबोर्डका कारण दुर्घटना समेत बढाएको जिल्ला ट्राफिक प्रहरीको निष्कर्ष छ ।

सार्बजनिक स्थानमा राखिएका यस्ता होड्रिङ्गबोर्डले आम जनमानसमा भ्रम पैदा गर्नुका साथै अस्लिलताको समेत खुलेआम प्रचार गरिरहेको छ । यस्ता होड्रिङ्गबोर्ड र लाईटबोर्ड राख्दा महानगरलाई केही रुपियाँ फाईदा त् होला तर त्यस्ता प्रचार सामाग्रीहरुको कारण जनमानस र स्थानियबासी त्यसमा पनि अझ बालबालिकाहरुको बाल मष्तिष्कमा पर्ने क्षतीको महानगरले के भर्ताल गर्न सक्ला ?

बिशेष गरी अल्कोहल जन्य पदार्थ(रक्सी र बियर) तथा कयौं अर्धनग्न तस्बीरहरु रहेका होड्रिङ्गबोर्डहरुले महानगरको नागरिकहरु प्रतिको नैतिक दायीत्व र सभ्यताको समेत खिल्ली उडाईरहेको जानकारहरु बताउछन् । गृह मन्त्रालयले देशभरका यस्ता संरचना हटाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनको सहयोगमा हटाउने योजना बनाएपनि स्थानिय सरकारको असहयोगका कारण यता अब्यस्थित होड्रिङ्गबोर्ड हटाउन नसकिएको गृह किट श्रोतको दाबी छ ।

यसैबिच, भरतपुर महानगरका प्रमुख प्रशासकिय अधिकृत प्रेम जोशीले महानगर भित्र अवस्थित होड्रिङ्गबोर्डहरुको अनुगमन गरिने बताए । उनले भने कयौं ट्रफिक सन्देशमुलक लगाएतका होड्रिङ्गबोर्डहरु रहेका छन्। कयौं ब्यबसायिक खालका छन्, अनुगमन गरी मापदण्ड बिपरितका होड्रिङ्गबोर्डहरु हटाउने प्रक्रिया शुरु गर्छौ उनले भने ।

भण्डाफोर अभियानकर्मीसँग कुरा गर्दै जोशीले आगामी आर्थिक बर्षबाट होड्रिङ्गबोर्ड हटाउने बिषयमा छलफल भईरहेको समेत जानकारी दिदै सुर्तिजन्य पदार्थको प्रचार प्रसार र बिक्रि बितरणमा समेत कडाई गरिएको भन्दै नियमबिपरितका मदिराका होड्रिङ्गबोर्डहरु हटाईने बताए ।

गृहको निर्देशनको अबज्ञा ।
यसैबिच नेपाल सरकारको गृहमन्त्रालयले शहरलाई कुरुप बनाउने गरी राखिएका होर्डिङबोर्ड, पर्चा, पम्पलेट, पोस्टर, तार लगायतका सामाग्री हटाउने निर्णय गरेपनि मातहतका जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय र स्थानिय सरकारको हैसियत बनाएका महानगर तथा नगरहरुले त्यसको अबज्ञा गरिरहेका छन् ।

गृहमन्त्रालयले दुई महिना अगाडी नै काठमाडौँ महानगरपालिका भित्र पौंष ११ गतेबाट साथै अन्य स्थानिय तहको हकमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत निर्देशन दिई तत्काल होड्रिङ्गबोर्ड हटाउने निर्णय थियो । गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा‘बादल’को प्रमुख आतिथ्यतामा बसेको सरोकारवाला निकायहरु सहितको बैठकले सो निर्णय गरेको भएपनि यतिका दिन भईसक्दापनि त्यो निर्णय भरतपुरमा कार्यान्वयन हुन सकेको छैन् ।
       

गृहमन्त्रीले नागरिकको स्वास्थ्य र नगरको पर्यावरणीय सुन्दरतालाई कुरुप बनाउने गरी राखिएका त्यस्ता संरचनाहरु हटाईन लागेको बताएका थिए । तर मन्त्रीस्तरिय बैठकको सोे निर्णय किन कार्यान्वयन हुन सकेन सर्बत्र चासो बढीरहेको छ ।

स्मार्ट सिटीको मजाक
स्मार्ट सिटीको पगरी गुथाईएको भरतपुर महानगरका मुख्य बजार क्षेत्र र मुल सडकछेउमा अब्यबस्थित रुपमा जथाभावी लगाईएका यस्ता होड्रिङ्गबोर्डले महानगरकै मजाक उडाएको छ ।

उसो त् केही रुपयाँ रकम फाईदाका लागी लगाईएका नाङ्गा फोटा सहितका कतिपय होड्रिङ्गबोर्डहरुले त् हाम्रो सभ्यातालाई गिजाईरहनुका साथै मादक पदार्थको प्रबद्धन गर्ने होड्रिङ्गबोर्डहरुले महानगर नागरिकहरु प्रति जिम्बेवार नरहेको संकेत गरेको स्वयं स्थानिय बासिन्दाहरु बताउछन् ।

यस्ता अब्यबस्थित, अस्लिल र मदिराजन्य पदार्थको प्रबद्धन गर्ने खालका होड्रिङ्गबोर्डहरु हटाउनुपर्ने भएपनि महानगरपालिका कार्यालय किन मुकर्दशक बनि बसिरहेको छ बुझिनसक्नु छ । भण्डाफोर अभियान साप्ताहिकबाट