प्रधानमन्त्रीलाई भट्टराईको कटाक्ष: गाउँमा सानो बुकुरो भएकाहरुले कसरी काठमाडौंमा महल खडा गरे ?

काठमाडौं/पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबै प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभामा समय लिएर बोल्दै डा.भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सम्पूर्ण पूर्व प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्न माग गरेका हुन्। ‘गाउँमा सानो बुकुरो भएकाहरुले कसरी काठमाडौंमा महल बनाए ? ’, भट्टराईले प्रश्न गरे।

अहिले देखिएको दृश्य कमाईले कसैको पनि काठमाडौमा महल बनाउने हैसियत नपुग्ने दावी गर्दै उनले भने, ‘म अलिकति गणितीमा चाँसो राख्ने मान्छे पनि हुँ। अर्थमन्त्री पनि भइटोपलेको मान्छे। मैले जति लाख प्रयन्त गर्दा पनि हाम्रो कमाईले, हाम्रो जुन देखिएको दृश्य कमाइले त्यो बुकुरो कमाईले यहाँ काठमाडौंमा महल बनाउन पुग्दैन यसको छानबिन गरौँ। त्यसका लागि म सबैसँग आग्रह गर्न चाहान्छ ।’

उनले मातातिर्थ लगायत जग्गाका विषय उचालेर लोकमान कार्की प्रवृति देखाउन खोजिएको आरोप समेत लगाएका छन्। मातातिर्थ लगायतको जग्गाका सन्र्दभमा आफ्नो कार्यकालमा भएका निर्णयहरु राजनीतिक, कानूनी र नैतिक रुपमा ठिक रहेको उल्लेख गर्दै भट्टराईले प्रधानमन्त्रीले प्रतिसोध, असहिष्णुता वा निषेध गर्ने के प्रवृतिले यस्तो गर्न खोजिएको हो भन्दै आशंका व्यक्त गरे। दुई तिहाइ नजिक रहेको सरकारका प्रधानमन्त्री कमजोर भएर आशंकित हुनुपर्ने अवस्था नरहेको भन्दै भट्टराईले ‘प्रधानमन्त्रीको कुर्सीमा बसेर डराउनुपर्दैन्’, भने। डा. भट्टराईले लोकमानले झै तर्साएर झुकाउने प्रधानमन्त्रीले सोच्नुभएको भए २०५१ सालको प्रशंग सम्झिन आग्रह गरे।

भट्टराईले अहिले चारैतिर यतिको चर्चा चुलिएको भन्दै नेपाल ट्रष्टको जग्गा यतिको पोल्टामा कसरी गएका छन भन्दै प्रश्न पनि गरे। ‘अब यति होल्डिङप्रति नै विशेष अनुराग भएर उसलाई अझै नपुगेको हो अझै दिनुपर्ने होरु’ देश भ्रष्टाचारले थिलथिलो परेको भन्दै भट्टराईले एक अर्कालाई दोषारोपण गर्नुभन्दा दोषीलाई दण्डित गर्ने प्रवृति अंगाल्नुपर्ने बताए।