सेटिङ्गमैं गोरु तस्करी बढ्यो ।

सुर्य बराल/चितवन / पश्चिम कृष्णनगर र रुपन्देहीका बिभिन्न खुल्ला नाका हुँदै भारतबबट नेपाल भित्रिएका गोरुको खुलम खुल्ला तस्करी भईरहेको छ । मासुका लागी बङ्गालादेश जाने गोरुको तस्करी नेपालबाट निर्वाद शुरु भएको पाईएको हो । पश्चिम नेपालतिरबाट लस्करैं दैनिकजसो आउने दर्जन बढी ट्रकमा गोरु तस्करी हुने गरेको पाईएको हो ।

ति गोरुहरु कपिलबस्तु, रुपन्देही, नवलपरासी,नवलपुर, चितवन हुँदै मकवानपुर, बारा, रौतहट, सर्लाही, महोत्तरी, सिराहा, सप्तरी, सुनसरी, मोरगं हुदैं झापा पुग्ने गर्दछन् । झापा पुगेका ति गोरुहरुलाई काकँटभिट्टा नाका बाट पुनः भारतको सिलगुडी हुँदै बङ्गालादेशसम्म पुर्याउने गरेको पाईएको हो । यस बिषयमा भण्डाफोर अभियानले यस अघि पनि समाचार प्रकाशन गरेको थियो । झापाका नयाँ एसपीको कारण रोकीएको तस्करी पुनः सञ्चालनमा आएको एक गोप्य श्रोतले जानकारी दिएको छ । श्रोतका अनुसार एसपीको आँखा छली यस अघिदेखि तस्करहरुसँग साँठगाँठ भएका झापा प्रहरीकै केही प्रहरीको मिलेमतोमा रातीको समयमा गोरु तस्करी भईरहेको झापास्थित हाम्रो गोप्य श्रोतले जानकारी दिएको हो ।

त्यस्तै अर्को एक श्रोतको सुचना यताबाट दिउसै लस्करै गएका ट्रक अघि अघि एकसमूह सेटिङ्ग मिलाउदै हिड्ने गरेको बुझ्नमा आएको छ । नेपालको नाका कटाईदिने गरी प्रति गाडी पचास हजार र थप भत्ता पाउने तस्कर समुहका नाईकेहरुले प्रहरीसँग कुरा मिलाउदै गोरु भारतको उत्तराखण्ड र उत्तरप्रदेशको नेपालको नाका पार गरी पश्चिम नेपालबाट पुर्बपश्चिम लोकमार्ग हुँदै झापाबाट सिलगुडी हुँदै बङ्गालादेशसम्म तस्करी भईरहेको बुझिएको छ । यसरी, सयौंको सख्ँयामा गोरुमाथी गोरु दुई तला बनाई राखीएको भएपनि प्रहरीले कुनैं कार्बाही नगरेको श्रोतको दाबी छ । श्रोतका अनुसार गोरु सँगै तस्करहरुले गाईलाई समेत तस्करी गर्ने गरेको खुल्नमा आएको छ । तस्कर समुहमा चितवन सत्तापक्ष नेकपाकै एकजना युवा लागीपरेको समेत श्रोतको दाबी छ ।

यसैबिच,यस बिषयमा बुझ्दा जिल्ला प्रहरी प्रमुखहरुले सर्बोच्च अदालतबाट नेपालभित्र गोरु ढुवानीमा रोक नलगाउनु भनि आदेश भएकाले प्रहरीले गोरु लादिएका उक्त ट्रकहरु रोक्न नसकेको जानकारी दिए । सिमाबाट भित्रिदा र बाहिरीदा भने सर्बोच्चले रोक लगाएको उनले बताए । बाटो पर्ने जिल्ला भएकाले आफुहरुले केही कार्बाही गर्न नसकेको एक एसपीले जानकारी दिए । सर्बोच्चसम्म सेटिङ्ग मिलाउन सफल तस्करहरुले सबैतिर पैसा खुलाउदै नाका वारपार गराई गोरुसँगै नेपालको राष्ट्रिय जनावार गाईको समेत निर्वाद तस्करी छन् ।

नेपालको राष्ट्रिय जनावार गाईको समेत निर्वाद तस्करी भईरहँदा पनि ओली सरकार मुकर्दशक देखिनुले कता सरकार र अदालत सम्म पैसा र होली वाईनको प्रभाव परेको होईन भन्ने आम चर्चा चलिरहेको छ । आमचासोको यस बिषयमा सरोकारवालाहरु सम्बन्धित सबै को ध्यान जानुपर्ने हो की ? भण्डाफोर अभियानबाट