कसैको दवाव र प्रभावमा काम नगर्ने नयाँ एसपीको प्रण ।

चितवन /लामो समयसम्म प्रहरी प्रमुख खाली रहेको चितवनले नयाँ एसपी पाएको छ । चितवन आएका जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले पत्रकार सम्मेलन गरी राजनीतिको दबाब र प्रभावमा काम नगर्ने बताएका छन्।
गत् आइतबार चितवनका संचारकर्मीहरुसंग कुरा गर्दै प्रमुख गुरुङले भने यहाँको चुनौतिलाई अवसरको रुपमा लिएको छु । यहांँ हुने अपराधीक कार्यमा कसैको दबाब र प्रभावमा नरही शुन्य शहनशीलतामा काम छु । उनले भने कानुनले निर्दिष्ट गरेका कुरालाई स्वतन्त्र र निष्पक्ष ढंगले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
चितवनको शान्ति सुरक्षालाई बलियो बनाउन प्रहरीको मात्र जिम्मेवारी नभई चितवनवासीको उत्तिकै दायित्व रहेको भन्दै गुरुगंले हिजोका दिनमा चितवनमा घटनाबाट आफूले पाठ सिकेको भन्दै उनले विगतका वेथितिलाई सकेसम्म सुधार्न कोशिश गर्ने बताए ।
समाजको विकाससंँगै अपराधको पनि विकास हुनाले आफूले अहोरात्र खटेर प्रहरीको छविलाई उच्च बनाउने उनले प्रतिबद्धता व्यक्त गरे । ‘सुरक्षा चुनौतिमा ओभरल्याप र ग्यापपनि नहोस भन्ने मेरो चाहना हो उनले भने । भण्डाफोर अभियानबाट