वैग्लोरको कमाई छाडेर स्वदेशमा वर्कशप


वि.वि. श्रेष्ठ/तनहुँ दमौली/वैग्लोरमा नै ईन्जिनियरिङ्ग पढाई सकेर वेग्लोरमा नै रोजगारीमा रहेका युवा वैग्लोरको त्यो लोभलागदो कमाइ छाडेर स्वदेशमा नै आइ व्यवसाय शुरु गरेका छन् । विदेशमा नै वसेर काम गर्नुभन्दा स्वदेशमा नै वसेर काम गर्नु उचित हुने सोचेर नेपाल फर्किएका व्यास नगरपालिका वडा नं ५ निवासी वसन्त श्रेष्ठले चापाघाटमा श्रेष्ठ अटोमोवाईल्स वर्कशप खोलेर व्यवसाय शुरु गरेका छन् । यति मात्र नभई श्रेष्ठले आफनो व्यवायिक पार्टनरमा स्नात्तोकोत्तर अध्ययन सकेका प्रेम कुमार श्रेष्ठ र किरण श्रेष्ठ समेतको संयुक्त लगानीमा व्यवासाय शुरु गरेका हुन् ।
नेपालको सन्दर्भमा पढे लेखाका मान्छेले गाडीमा के काम गर्नु भन्ने सोच व्यप्त रहेता पनि आफुलाई साथीभाइको त्यो भनाईले आफुहरुलाई केहि पनि फरक नपार्ने अर्का व्यवसायिक साझेदार किरण श्रेष्ठले वताउनुभयो । सीप र व्यवसाय गर्नका लागी लाज मान्नुपर्ने कुनै कारण नभएको हुदाँ आफुले अटोमोवाइइल्सको व्यवसाय शुरु गरेको वसन्त श्रेष्ठले वताउनुभयो । गाडी मर्मतको काम गर्दा कालो र धुलो धुवा भएता पनि आफनो त्यो व्यवसायिक कर्म भएको हुदाँ त्यो काम गर्न लाज नलागेको पनि वहाँले वताउनुभयो । गाँउको शिक्षित युवा हरु नै गाडी मर्मत गरेको देख्दा छिमेकी हरु अच्चम्मित भएको भएता पनि काम गर्नका लागी कुनै संकोच मान्न नहुने वसन्त श्रेष्ठले जानकारी दिनुभयो ।
चौविस लाख लगानी गरि व्यवसाय शुरु गरेको युवाहरुले निकट भविश्यमा सम्पुर्ण गाडीको नै सर्भिश सेन्टर राख्ने योजना भएको वताए । ६ महिना अगाडी देखि व्यवसाय शुरु गरेको श्रेष्ठतयले यो काममा आफुहरुलाई औधी खुशी लागेको वताए । विदेशको रोजगारी र आम्दानी भन्दा स्वदेशी कर्म नै देशको आवश्यकता भएको हुदाँ कुनै पनि काम ठुलो सानो नहुने आफुहरुमा सोच को विकास भई गाडी मर्मत गर्ने व्यवसायमा हात हालेको वताए । रोजगारी भन्दा सीपको व्यवसाय नै उचित हुन सोचेर आफुले अध्यापन छाडेर मोटर व्यवसायमा लागेको अर्का संचालक किरण श्रेष्ठले जानकारी दिनुभयो ।
विहानै देखि हातमा पिलास, हथौडा, रेन्चि लिएर काममा खटिने युवाहरु अवको दिनमा यहि व्यवसायमा नै लागिरहने वताए । सम्पुर्ण गाडीहरुको कम्पयुटरवाट समस्या पत्ता लगाई समाधान गर्दे आईरहेको युवाहरु कर्मले नै जीवनको सार्थकता पाउने विश्वास लागेको वताए । दैनिक वीसौ गाडीको सम्पुर्ण समस्या सामाधान गर्दे आईरहेको युवाहरु यसमा नै आनन्द लागेको पनि वताए । आफै मालिक र आफै मेकानिक्सका काम गर्दे आएका उनिहरु ग्राहकको सन्तुष्टिमा विशेष ध्यान दिईएको पनि वताए । आजको भण्डाफोर अभियानबाट