रत्ननगर महोत्सवको तयारी तिब्र बन्दै 

चितवन । ‘समग्र चितवनको गौरव र गरिमामय प्रस्तुती’ भन्ने मुल नाराका साथ यहि पुस २५ गते शुक्रबार देखि सञ्चालन हुन गईरहेको रत्ननगर महोत्सवको तयारी तिब्र गतिमा अगाडी बढेको छ । महोत्सवको तयारीको लागी आयोजक रत्ननगर उबासंघले रत्ननगर नगरपालिकका बिभिन्न वडा तथा पुर्ब पश्चिम लोकमार्गको चोक चोक र जिल्ला प्रवेश गर्ने नाकाहरु, जिल्ला भित्रका विभिन्न बजार क्षेत्रहरुमा महोत्सबको ब्यानरहरुले झकिझकाउ बनाएको छ ।
महोत्सवको उद्घाटन सम्माननीय उपराष्ट्रपती नन्द किशोर पुनले गर्ने उधोग वाणिज्य संघ रत्नगरका अध्यक्ष एवं महोत्सवका संयोजक राजाराम रग्मीले जानकारी दिए ।
रत्ननगर र समग्र चितवनको कृषि, पर्यटन र व्यापार क्षेत्रलाई अगाडि वढाउन महोत्सव सफल बन्ने अध्यक्ष रेग्मीको दाबी छ ।
महोत्सवमा करिव १ करोड भन्दा बढिको लागत लाग्ने र ५० करोडभन्दा बढिको आर्थिक कारोबार हुने अध्यक्ष रेग्मीले जानकारी दिए । यस वर्ष भ्रमण वर्षलाई मध्यनजर गर्दै जीपलाईन सफारी समेत महोत्सव स्थलमै संचालन गर्ने संघका अध्यक्ष एवं महोत्सब मुलआयोजक समितिका संयोजक रेग्मीले वताए । तयारी तिब्रगतिमा भईरहेको भन्दै एकदुईदिनमा तयारी अन्मि चरणमा पुग्ने अध्यक्ष रेग्मीले बताए ।