नेपालमा रोहिंग्या शरणार्थीको भीड, ५० परिवारले बनाए २३ टहरा

म्यानमारबाट विस्थापित रोहिंग्या समुदायका ५० परिवारले पनौती नगरपालिका–३ कुशादेवी बन्चरेटारमा २३ टहरा निर्माण गरेका छन् ।

स्थानीय सरकारलाई काम गर्ने मजदुरका रुपमा जानकारी दिएर धमाधम टहरा निर्माण गरिएको हो । उनीहरु १६ दिनअघि काठमाडौंमा बसोबास गर्दै आएका थिए । ‘कुशादेवीकै ठेकेदार रामेश्वर थापाले आफ्नो ठेक्कामा मजदुरी गराउने उद्देश्यले बसोबास मिलाएका हुन्’, रोहिंग्या समुदायका अगुवा मोहमद ऐसुपले भने।

‘काठमाडौंको बूढानिलकण्ठको कपनस्थित लसुनेटारबाट पनौतीको कुशादेवीमा आएका हौँ ।’ 

                                                                                                                                                     नेपाल समाचारपत्र ।