आज प्रचण्डको जन्मदिन !

सत्तारुढ नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बुधबार जन्मदिन परेको छ । यद्यपी उनको बुधबार अंग्रेजी मितिअनुसार डिसेम्बर ११ मा जन्मदिन परेको हो भने विक्रम सम्वतअनुसार बिहीबार मंसिर २६ गते जन्मदिन परेको छ । तर, बुधबार सामाजिक सञ्जालमार्फत नेता तथा कार्यकर्ताले उनलाई जन्मदिनको शुभकामना दिइएको छ ।

वि.सं. २०११ मंसिर २६ गते ( ११ डिसेम्बर १९५४)मा कास्की ढिकुरपोखरी गाविस २ लेवाडेमा पिता मुक्तिराम र माता भवानीका जेठो छोरा रुपमा प्रचण्डको जन्म भएको थियो । ढिकुर पोखरीमा प्रारम्भिक शिक्षा लिएका प्रचण्डले २०२६ चितवनको नारायणी विद्या मन्दिर मा.वि. शिवनगरबाट एस.एल.सी. उत्तीर्ण गरेका थिए ।

२०२७–२०२९ पाटन बहुमुखी क्याम्पसबाट आई.एस.सी. पूरागरी २०३१–२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बि.एस्सी उत्तीर्ण भई एम.पी.ए.सम्मको अध्ययन गरेका प्रचण्डको कक्षा १० माअध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामाकरण गरिएको हो । प्रचण्डको वि.सं. २०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम रहेको थियो । भूमिगत अवस्थामा राखिएको नाम प्रचण्डबाट अहिले जनजनले सजिलै चिन्ने गरेका छन् ।