दश दिनदेखि बन्द भरतपुर विमानस्थल आजबाट खुल्यो

चितवन । दशदिनदेखि बन्द रहेको भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । नागरिक उड्डयन प्राधिकरण भरतपुरले धावन मार्ग मर्मतसम्भार गर्नका लागि भन्दै गत् मङ्सिर १५ गतेदेखि विमानस्थल बन्द गरेको थियो ।

धावन मार्ग मर्मत र रङरोगनका काम सम्पन्न भएसँगै विमानस्थल आजदेखि सञ्चालनमा ल्याइएको हो । भ्रमण वर्षलाई लक्षित गर्दै विमानस्थललाई आकर्षक बनाइएको छ । भरतपुर विमानस्थलबाट दैनिक बुद्ध र यतिका पाँचरपाँच वटा जहाजले काठमाडौँ र एकरएक वटा जहाजले पोखरा उडान भर्दै आएका छन् ।