विप्लवलाई दुश्मनभन्दा मोबाइलको डर

घुसपैठ हुन सक्ने दुश्मनको कारण सशस्त्र संघर्षमा लागेका पार्टीहरु समाप्त भएका उदाहरण अनेकन छन् । नेपालमा चाहिमा चाहिँ ‘दुश्मन’ भन्दा पनि डरलाग्दो बनेको छ, मोबाइल । विप्लव नेकपाले मोबाइलका कारण आफ्ना धेरै नेता–कार्यकर्ता पक्राउ परेको स्वीकार्दै हालै सम्पन्न बैठकमा छलफल चलाएको बताइन्छ ।जसरी शान्ति प्रक्रियामा आइसकेपछि माओवादीले आगामी कार्यदिशा तय गर्न विभिन्न प्रकारका विचारगोष्ठी, छलफल र अन्तरक्र्रिया कार्यक्रम आयोजना गरेको थियो, त्यस क्रममा पनि घुसपैठियाले मान्छे पक्राउन छाडेनन् । शान्ति प्रक्रियामा आएलगतै काभ्रेको दुर्गम पहाडी बस्ती कामीडाँडामा बैठक र गोष्ठी गरियो । उक्त कार्यक्रममा चीनबाट प्रोफेसर वाङ होङवेइ र भारतीय कम्युनिष्ट पार्टीका एक जना नेता आएका थिए । बैठक चलिरहेको बेला कुनै नेत्रीले फोटो खिचेर कतै पठाइसकेकी थिइन् ।

चिनियाँ प्रेफेसर त समस्यामा पर्ने भएन । तर, भारतीय कम्युनिष्ट पार्टी ९माओवादी०का प्रतिनिधि भने कामीडाँडा बैठक सिध्याएर फर्किने क्रममा वीरगञ्जबाट अगाडि बढ्दाबढ्दै समातिए । त्यसयता भारतीय माओवादीसँग यताको सम्बन्ध विच्छेद छ भने उनीहरुको आफ्नै बैठक बस्दा १० किलोमिटर परै मोबाइल बन्द गरी एक ठाउँ थुपार्ने अभ्यास छ ।

अहिले भूमिगत रुपमा गतिविधि गरिरहेको विप्लव नेतृत्वको नेकपाले यस्ता कुरामा सचेतना अपनाउँदै आफ्ना गतिविधि सञ्चालन गरेको छ ।  जनआस्था साप्ताहिकबाट ।