भरतपुरमा महाबौद्धको गुम्बा मुर्ती र दानपेटिका चोरी

चितवन/भरतपुर महानगरपालिका २ मा रहेको महाबौद्ध गुम्बा तिनखोलेमा गएराती चोरी भएको छ । सुनको जलप लगाइएको तीन फिटको मुर्ती चोरी भएको र सेफ (गोप्य दान पेटिका) फोडिएको गुम्बा व्यवस्थापन समितिकी अध्यक्ष विमला गुरुङले जानकारी दिइन् । आज राती गुम्बामा लगाइएको ताला फोडेर चोरी गरेको उनले बताइन् ।
विहान ४ बजे गुम्बामा पुजा गर्न जाने क्रममा चोरी भएको थाहा भएपछि प्रहरीलाई खबर गरिएको थियो । चितवन प्रहरीले मुचुल्का उठाउनुका साथै चारीमा संलग्नको खोजी भइरहेको जनाएको छ ।