वालकुमारी मा.बि.को स्वर्ण महोत्सबको अवसरमा जेष्ठ नागरिकलाई सम्मानित

चितवन/वालकुमारी माध्यमिक बिद्यालय नारायणगढको स्वर्ण महोत्सबको अवसरमा आज शुक्रबार जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी चितवन क्षेत्र नं २ का सांसद कृष्णभक्त पोखरेलले कार्यक्रममा वालकुमारी माध्यामिक बिद्यालय देशकै नमुना बिद्यालय भएको बताए ।

जेष्ठ नारिक सम्मान कार्यक्रमको उद्घाटन गर्दे सांसद पोखरेलले वालकुमारी माध्यमिक विद्यालयले पुरानो शाख र प्रतिष्ठा जोगाउन आवश्यक रहेको बताए । सासंद पोखरेलले बिद्यालयको स्वर्ण महोत्सवको उपलक्ष्यमा सांसद विकास कोषबाट दश लाख रुपैया सहयोग गर्ने पनि घोषण गरे । जेष्ठ नागरिक सम्मान कार्यक्रममा बिद्यालयबाट बिभिन्न समयमा एस एल सि पास गरेका बिद्यार्थीहरुले वालमाविद् अल्मुनाई एशोसियसनका अध्यक्ष बद्रीलाल प्रधानलाई रकम हस्तान्तरण गरेका थिए । कार्यक्रममा चितवन जिल्लाका सांसदहरु बिजय सुवेदी,घनश्याम दाहाल, कृष्ण भुर्तेल, गिता वाग्ले लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।

उनिहरुले जेष्ठ नागरिकले देखाएको बाटोले नै चितवनको शैक्षिक उन्नति र प्रगति भएको बताए । बिद्यालय स्थापना गर्न यिनै ब्यक्तिहरुको ठुलो योगदान रहेको कार्यक्रमा स्मरण गरिएको थियो । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देशीराम प्रधानको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं दुइका वडा अध्यक्ष पुर्ण बहादुर श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए । बिद्यालयले स्वर्ण महोत्सवकै अवसरमा आज अभिभावकका वीच घैटो फुटाई प्रतियोगिता समेत राखेकोे थियो ।